नेपाल नागरिक र नब कालिका लघु उधम सहकारी मर्ज हुदै : संयुक्त बैठक सम्पन्न

भदौ,१२,कोहलपुर : नेपाल नागरिक उधम सहकारी संस्था लि.कोहलपुर ११ बाँके र नब कालिका लघु उधम प्रबर्द्धन सहकारी संस्था लि. कोहलपुर ५ बाँकेको सहकारी एकता प्रक्रियाको लागी संयुक्त आज दुबै संस्थाका संचालक,लेखा र ऋण समितिका सदस्यहरुको संयुक्त बैठक बसि विभिन्न प्रस्ताव उपर छलफल गरि एकता प्रक्रियालाइ अन्तिम रूपमा पुगेको छ ।
आज दुबै संस्थाका समितिहरुको बैठकले सहकारीको उदेश्यगत प्रकृति लगायतकुरा मिल्ने भएकोले एकता गर्न समत भएको निर्णय गरेको हो। हाल नेपाल नागरिक उधम सहकारी संस्था को १६ सय सदस्य र नबा लिकाको ५०० सय गरि २ हजार सदस्य रहेका छन भने दुबै संस्थाको संयुक्त कारोबार जोड्दा झन्डै ३ करोड रहने छ ।

आजको एकता बैठक को अध्यक्षता गरेका नब कालिका सहकारीका प्रमुख सल्लाहकार टंक बस्यालले अहिलेको सहकारी निति तथा नियमावली अनुसार प्रकृति मिल्ने सहकारीको एकता गर्दै सहकारी अभियानमा नयाँ आयम थप्न उक्त दुबै संस्था उदाहरणीय हुने बिश्वास ब्यक्त गर्दै सहकारी एकताले पुर्णता पाउने धारण रखेका थिए ।

नबकालिका की अध्यक्ष जुना बिकले साझ हित र बलियो कदमका लागि एकै प्रकृतिका सहकारी संस्थाहरुको एकता अपरिहार्य रहेकोले सहकारी एकता गर्न लागिएको बताइन । दुबै संस्थाका सम्पुर्ण पदाधिकारी र सदस्यहरुले आ आफ्नो धारणा राख्दै सहकारी एकतामा सकारात्मक बिचार व्यक्त गरेका थिए । संस्थाहरुको संयुक्त बैठकले प्रक्रिया अनुसार सहकारी एकता गर्ने गरी बैठक सम्पन्न गरेको थियो ।

सम्बन्धित खवर

Back to top button