“One Earth One Love ” समूहद्वारा वातावरण, कानुन र न्याय विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


“One Earth One Love “ नामक समुहद्धारा पर्यावरण, कानुन र न्याय भन्ने विषयमा अनलाइन जुम एपमार्फत अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । “स्टेप टुवार्डस चेन्ज ” विषयमा आधारित रहि विभिन्न शृङ्खलामा अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा आज पर्यावरण, कानुन र न्याय भन्ने विषयमा संस्थाले अन्तरक्रिया कार्यत्रम गरेको हाे । आजको कार्यक्रमको प्रमुख वक्ता तथा अतिथी मध्यपश्चिम विश्वविद्यालयका उप-प्रध्यापक तथा कानुन अधिवक्ता सुजन पन्त रहनुभएको थियो ।
वातावरण सबैसँग सम्बन्धित रहेको विषय भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उहाँले जानकारी गराउनुभएको छ । पछिल्लो समय धनी देशहरु जापान, चीन, अमेरीका, भारत लगायत विश्वमा नै आधुनिकीरण र औद्योगिकरण बढेकाले वातावरण प्रदुषणको कारण जलवायुमा परिवर्तन भई जसको असर समग्र विश्वलाई नै परिहेको उहाँले बताउनु भएको थियाे । नेपाल जस्ता देशहरुमा जलवायु परिवर्तनको प्रत्यक्ष असर खोलानाला तथा नदीहरुको बहाव बढेर बाढीपहिरो जानेजस्ता धेरै प्राकृतिक समस्याहरु भइरहेको उहाँको ठम्याइ छ ।




“मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू रहेका छन् ,” पन्तले भन्नुभयाे ।
स्वीडेनकी १७ वर्षीय विश्वकै सबैभन्दा कान्छी जलवायु परिवर्तन अधिकारकर्मी ग्रेटा थनबर्ग जसले सन २०१९ मा संयुक्त राष्ट्र संघको एउटा मौसम सम्बन्धी यु एन क्लाइमेट एक्सन सबमिट नामक सम्मेलनमा प्रभावशाली भाषणमा, “तिमीहरू कसरी यस्तो गर्न सक्छौ ??” भनेर सम्बन्धित सबैलाई प्रश्न गरेको प्रसङ्गलाई जाेड्दै त्यस्तो देश पनि छ जहाँ बालिकालाई सबै अधिकार छ तर विडम्बना हाम्रो देश जहाँ १८ वर्ष नपुगी सरकारी सेवामा पनि प्रवेश गर्न बन्देज रहेकाेले हाम्रो देशमा युवाहरुले चाहेर पनि कुनै काम गर्न नपाएकाेमा उहाँले दुखेसाे पोख्नुभएकाे थियो ।
ह्वाङ्गानई नदीलाई न्युजिल्यान्डको सांसदबाट मानवलाई झै सबै अधिकार दिने नियम ल्याइयो जसले ती नदीलाई मानवको संज्ञा दिइयाे । त्यसकारण यस नदीलाई न्युजिल्यान्डको जीवित नदीका रूपमा चिनिन्छ । त्यस्तै गरेर भारतले गंगा र यमुनालाई पनि मानवको संज्ञा दिएको छ सम्पूर्ण मानव अधिकारको सुनिश्चितता हुनुपर्ने निर्णय गरियो । यी ३ विश्वका त्यस्ता नदी हुन जसले मानवको संज्ञा पाए । यस्तै नेपालमा पनि वागमतीजस्ता नदीलाई सफा राख्न मानवको संज्ञा दिन सकिने र यस्तो गर्न सके हाम्रो वातावरण पनि सफा हुने उहाँले सुझाव दिनुभएको थियो ।
वातावरण सम्बन्धि नीति नियमहरुको सन्दर्भमा अधिवक्ता पन्तले वातावरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा नियमहरुको बारेमा प्रष्ट्याउदै भन्नु भयो, “भारतको सर्वोच्च अदालतले सन २०१५ मा चराचुरुङ्गी हरुलाई पिँजडामा थुन्न नपाउने, घरमा प्रयोग गर्न नपाइने, बेचबिख निषेध लगायतका बिशेष अधिकार ल्याएको थियो ।”
त्यस्तै नेपालको संविधानको धारा ३० स्वच्छ वातावरणको हकमा उल्लेख गरिएकाे प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक, वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक र राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था सम्बन्धमा पनि उहाँले जानकारी दिनुभएकाे थियाे ।
साथमा सहभागीहरुको प्रश्नमाथि छलफल तथा अन्तरक्रिया गरेर “One Earth One Love “ समुह एकदमै उत्कृष्ट रहेकाे भन्दै आगामी दिनहरुमा पनि यस्तै समसामयिक विषयहरुकाे उत्थान गर्न सल्लाह तथा सुझावहारु दिनुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको होस्ट संस्थाका सक्रिय सदस्य सरोज शाहीले गर्नु भएको थियो । कार्यक्रममा प्रत्यक्ष र लाइभमा गरि १०० जनाको सहभागीता थियो ।
https://www.facebook.com/Oneearth004/videos/311542496615267








