मल ल्याउने ठेक्का पाएका शैलुङ र होनीसँगको सम्झौता खारेज


काठमाडौँ, २१ भाद्रः मल ल्याउने ठेक्का लिएर पनि सम्झौताअनुसार काम नगरेपछि सरकारले दुई कम्पनीसँगको सम्झौता खारेज गर्दै कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको हो।



दुई कम्पनीले २५/२५ हजार मेट्रिक्टन रासायनिक मल ल्याउने प्रतिबद्धता जनाए पनि नल्याएपछि कम्पनीले बाध्य भएर सम्झौता अन्त्य गरेर कालोसूचीमा राख्ने निर्णय गरेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ।
मन्त्री घनश्याम भुषालले शैलुङ र होनि दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आग्रह गरिएको पनि जानकारी दिए। ती कम्पनीले असारमा मल ल्याउनुपर्ने भए पनि भदौ सकिन लाग्दासमेत नल्याएपछि हाहाकार मच्चिएको छ।
किसानलाई मल उपलब्ध गराउन नकसेपछि सरकारको आलोचना भइरहेको छ। शैलुङ र होनिले राजनीतिक प्रभावका आधारम ठेक्का पाएका थिए।








