गजल
यहाँ किन किन ? यस्तै हलचल हुदैछ ।
पीडित जेलभित्र बाहिर खलबल हुदैछ ।
देख्छु सबैतिर भन्छन् दुईचार लाखमात्र
फस्ने फस्दैछ्न अरूको महल हुदैछ।
यस्तै हो भने कति दिन रहलार यो सरकार
कार्यलयभित्रै कति लिन भनी छ्लफल हुदैछ।
कोही भन्छन् म गरिदिन्छु! कोही म गरिदिन्छु
हो यही भन्दै सोझासाझा फस्ने दलदल हुदैछ ।