नोकिया ५.३ नेपाली बजारमा, बजार मूल्य २३ हजार ४ सय ९९

एजेन्सी, २३ भाद्रः नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ नेपाली बजारमा ल्याएको छ।

नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ ।

यसमा क्वाड क्यामेरा जडान गरिएको छ । ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ । यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ ।

सम्बन्धित खवर

Back to top button