कर्मचारी आवश्यकता सम्बन्धि सूचना !


बुटवल, २७ भाद्रः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ सरकार बुटवलले प्रदेश भित्रका एक स्थानीय तहका लागि एक जना गरी जम्मा १०९ जना कृषि/पशुसेवाका अधिकृत तथा मन्त्रालय र मातहतका कार्यालयहरूमा ६८ जना कृषि सेवाका अधिकृत तथा सहायक जनशक्ति सेवा करारमा नियुक्त गर्ने सम्बन्धि सूचना आजकाे गाेरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन भएको छ ।
दर्खास्त फारम र सेवा करारमा प्राविधिक अधिकृत तथा सहायकस्तर कर्मचारी छनोट सम्बन्धी कार्यविधि, २०७७ मन्त्रालयको वेबसाइट www.molmc.p5.gov.np बाट डाउनलोड गर्न सकिने छ । सूचना प्रकाशनको मितिले १५ दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्नु पर्ने छ । परिक्षाकाे किसिम अनतर्वाता मात्र रहने सूचनामा उल्लेख गरिएकाे छ ।



सबै जानकारीकाे लागि तलको सूचना हेर्नुहोस्


थप जानकारीकाे लागि मन्त्रालयको कार्यलय समय भित्र (ज्ञानहरी पन्थी ९८५१२४२६३३ र अनुप तिवारी ९८४७८४१७५८ ) सम्पर्क गर्न सकिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवलको पेजमा जानकारी गरिएकाे छ ।








