सबै संस्थामा कोरोना परीक्षण शुल्क २ हजार रुपैयाँ

काठमाडौँ, २८ भाद्रः सरकारले पीसीआर परीक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब पीसीआर परीक्षणका लागि २ हजार शुल्क तिरेर मात्र गर्न सकिने जानकारी दिए ।

उनले भने, ‘स्रोत साधनको सहज उपलब्धताका कारण परीक्षण शुल्क घटाएर २ हजार रुपैयाँ गरिएको छ।’ यसअघि सरकारले परीक्षण शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको थियो ।

सम्बन्धित खवर

Back to top button