ने.बि.संघले कुलमानलाई पुनःविद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन माग गर्दै डडेल्धुरामा राँके जुलुस

डडेल्धुरा, २८ भदौ : नेपाल विद्यार्थी संघले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पुनःबनाउन माग गर्दै डडेल्धुरामा राँके जुलुस निकालिएको छ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले आइतबार साँझ उज्यालो नेपाल बनाउन घिसिङ सफल भएकाले पुनःनियुक्तको सरकारलाई दबाब दिने उद्देश्यले जिल्ला सदरमुकाममा राँके जुलुस निकालिएको हो।

राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोक्ने प्रयास गरेको थियो। प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा समेत गरिएको नेपाल विद्यार्थी संघ डडेल्धुराका नेता लाल बहादुर बि.कले बताए।

कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आन्दोलित हुने बताए।

सम्बन्धित खवर

Back to top button