बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस


काठमाडौ, ३० भाद्रः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो बताए ।
यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उनको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराएका थिए । साथै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङको नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएको मन्त्री भुषालले जानकारी दिए ।



यसैगरी असोज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।








