डडेल्धुराकी ७५ वर्षीय अपाङ्ग बृद्धासंग नागरिकता नहुँदा भत्ता रोकियो


डडेल्धुरा, ३० भाद्र : डडेल्धुराको अमरगढी नगरपालिका ३ मरकट्टेकी ७५ वर्षीय अपांग बृद्धाको नागरिकता नहुँदा अपाङ्ग तथा बृद्ध भत्ता रोकिएको छ । दुवै आँखा गुमाएकी ७५ वर्षीय ईश्वरी देवी विष्टसंग नागरीकता नहुँदा मासिक २ हजारका दरले पाउदै आएको एकल महिलाको भत्ता रोकिएको छ ।
जेठी श्रीमतीबाट कुनै सन्तान नजन्मिएको र उनको कोखबाट छोरा जन्मेको १ वर्षपछि ती महिलालाई माईतीघर रुवाखोला नै पुरयाईएको थियो । पछि उनका श्रीमान र जेठी श्रीमतीको मृत्यु पछि उनलाई आफ्नो घर ल्याएको उनका ४५ वर्षीय छोरा यज्ञ बहादुर विष्टले बताउनुभयो । उनका छोराको नागरिकता बनाउदा गाउलेहरु सर्जिमिन बसेर घुम्ती टोलिमा नागरिकता बनाइएको थिए ।



नागरिकता बनाउनुपर्छ भन्ने आफुलाई थाहा नभएको र भत्ता रोकिएपछि नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन जाँदा सिफारिस नपाएको ति बृद्धाको भनाई रहेको छ । आवश्यक सवै प्रक्रिया बुझेर ति अपांग महिलालाई चाडै नागरिकता उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो ।








