सिन्धुपाल्चोक केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ, ३१ भाद्रः सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



भूकम्पको धक्का महसुस गर्नेबित्तिकै काठमाडौँ उपत्यकाका सबै क्षेत्रबाट स्थानीयहरुले भूकम्पको धक्का महसुस गरेको उल्लेख गर्दै ट्विटहरु गरेका छन् ।








