रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि .को बुटिक संचालन


असोज १ कोहलपुर :- रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुर ११ बाँकेले स्तरीय बुटिक संचालनमा ल्याएको छ । कोहलपुरको न्युरोडमा आज एक समारोहका बीचमा बुटिकको उद्घाघाटन गरिएको हो । उक्त बुटिक कोहलपुरको सहकारी ब्याबसाय मध्य नयाँ उधमको रुपमा स्थापना भयको छ। रारा बिजय सहकारी विभिन्न उधम गर्दै सहकारी ब्याबसाय र उदेश्यमा लागिपरेको संस्थाका प्रबन्ध संचालाक दिपक राइले जानकारी दिएका छन । संस्थाले यस अघि बैजनाथ ४ बानियाभारमा प्रदेश सहकारी मन्त्रालयको समन्वय मा कृषि हाट बाजार संचालान गरेको थियो भने सहकारीको पहलमा रारा सहकारी अचार उधोग पनि संचालनमा ल्याएको छ ।
आज गरिएको बुटिकको उधघाटन संस्थाका जेष्ठ सदस्य सेक बहादुर राइ , श्रीमती शोभा राइ र गैरे अफसेटका संचालक तथा बुटिकका घरधनी चन्डि प्रशाद गैरेले रिबन काटेर गरेका थिए ।
बुटिकमा बिशेश गरी विभिन्न जात जातिका भेषभुशा रहन सहन मिल्दो लेडिज एवम जेन्सका ड्रेसहरु पाउनुका साथै अन्य नेपाली ढाकाका टोपी ,तानले बुनेका कपडाका साथै बिबाहा , पार्टी एवम चाड्पर्बमा आवस्यक गुणस्तरीय कपडाहरुको समेत उपलब्ध हुने निर्देशक राइले जानकारी बताएका छन । उनका अनुसार बुटिक करिब ३५ लाखको लगानीमा स्थापना भयको छ ।
पछिल्लो समयमा कोहलपुरमा सहकारीहरु सस्थाहरु स्वस्फूर्त रूपमा उदेश्य मुलक ब्याबसायमा लगेका छन ।












