काठमाडौँमा प्याज पुरानै मूल्यमा विक्रि हुने

काठमाडौँ, ७ असोजः अनुगमनका क्रममा जफत गरिएको प्याज पुरानै मूल्यमा बिक्री हुने भएको छ। काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट जफत गरेको प्याज प्रतिकिलो ६० रुपैयाँका दरले बिहीबारदेखि बिक्रि हुने भएको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त रुपमा मंगलबार बसेको बैठकले उक्त प्याज प्रतिकिलो ६० रुपैयाँमा बेच्ने निर्णय गरेको हो।

उक्त प्याज बुधबारबाटै बिक्री गर्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट प्याज बिक्री सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी सरला न्यौपाने सुबेदीले जानकारी दिइन्।

उनले करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको बताइन्।

ग्राकहरुले उक्त प्याज व्यापार कम्पनीको केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट खरिद गर्न पाउने व्यापार कम्पनीले जनाएको छ। ग्राहकले एक पटकमा तीन किलोसम्म प्याज खरिद गर्न पाउने छन्।

व्यापार कम्पनीले विक्रि गर्न लागेको उक्त प्याजको ५२ रुपैयाँ सरकारको राजस्वमा जानेछ भने ८ रुपैयाँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button