डडेल्धुरामा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु


डडेल्धुरा, ८ असोज : डडेल्धुरामा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको मुत्यु भएको डडेल्धुरा अस्पतालमा जनाएको छ ।
मृतक व्यक्ति केही दिनअघि भारतबाट आएको जनाएको छ । उनमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल ल्याइएको थियो ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।



उनलाई बुधबार दिउँसो गाउँपालिकाको एम्बुलेन्स मार्फत अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याउदा उनको अवस्था गम्भीर थियो ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाका अनुसार मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको छ र शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने उहाँले बताए ।
डडेल्धुरामा कोरोनाबाट १ जनाको मृत्यु भए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।








