नेपाली काँग्रेस डडेल्धुराले क्रियाशिल सदस्यता नविकरण तथा बितरण सुरु


डडेल्धुरा, ८ असोज : नेपाली काँग्रेस डडेल्धुराले १४ औँ माहाधिवेशन तथा ७ औँ जिल्ला अधिबेशनको तयारीका लागी क्रियाशिल सदस्यता नविकरण तथा बितरण कार्य सुरु गरेको छ।
नेपाली काँग्रेस डडेल्धुराको हिजो बसेको जिल्ला कार्यसमितिको बैठकले क्रियाशिल सदस्यता नविकरण तथा बितरणका बारेमा छलफल गरेको थियो । नेपाली काँग्रेस डडेल्धुराले ७ औँ जिल्ला अधिबेशनको तयारीका लागी नेपाली काँग्रेसको बिधि बिधान,निमावली तथा केन्द्रिय समितिको परिपत्र अनुसार डडेल्धुरा जिल्ला भरी नेपाली काँग्रेस क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण गरिने नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले बताए ।



उनले जिल्ला कार्यसमितिको बैठकमा जिल्लामा क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण गर्दा सबै नेता कार्यकर्ताको उपस्थितिमा सौभारदपूर्ण तरिकाले बिवाद रहित ढडगले बितरण हुने बताए ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य जनक राज कलौनीले माओवादीबाट प्रवेश गरेका ब्यक्तीहरुका लागी भन्दै लिएका ११ सय ७ थान कृयासिल सदस्यताका फरामलाइ समेत नेपाली काँग्रेसको बिधि बिधान,निमावली तथा केन्द्रिय समितिको परिपत्र अनुसार जिल्ला कार्यसमिति मार्फत बितरण गरिने निर्णय भएको नेपाली काँग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले जानकारी दिए ।
नेपाली काँग्रेस डडेल्धुराले ७ औँ जिल्ला अधिबेशनको तयारीका लागी क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण गर्न नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समितिको बैठक प्रदेश सभा क्षेत्र न.(क) को मिति २०७७ असोज १० बिहान १० बजे जोगबुडाको लालढुडगा र प्रदेश सभा क्षेत्र न.(ख) को मिति २०७७ असोज ११ बिहान ११ बजे नेपाली काँग्रेस डडेल्धुराको पार्टी कार्यालयमा बस्ने जानकारी नेपाली काँग्रेस डडेल्धुराले गराएको छ ।








