शिखर टेक्निकल कलेजमा प्रि-डिप्लोमा तहमा भर्ना खुल्यो


डडेल्धुरा, ९ असोज : शुदुरपश्चिम प्रदेशको मुटुमा रहेको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा न. ५ मा २०६८ सालमा स्थापना भएको शिखर टेक्निकल कलेजमा प्रि-डिप्लोमा तहमा भर्ना खुल्यो छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट सम्वन्धन प्राप्त यस कलेजमा प्रि-डिप्लोमा तहका १८ महिने सिभिल इन्जिनियरिङ्ग र कृषि बाली विज्ञान कार्यक्रममा पढाइ हुन्छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट शैक्षिक सत्र २०७७/०७८ का लागी एस.इ.इ पास भएका विद्यार्थीहरुले यस कलेजमा भर्ना हुन पाउने छन । प्रि-डिप्लोमा तहका प्रत्येक कार्यक्रममा ४०/४० जनाको सिट संख्या हुन्छ ।



शिखर टेक्निकल कलेजमा गत वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल, दक्ष शिक्षक शिक्षिकाद्वारा अध्ययन अध्यापन गराईने, शिक्षण सामग्री तथा प्रयोगात्मक सामग्रीहरुको पूर्ण व्यवस्था भएको,उत्कृष्ट प्रयोगशालाको व्यवस्था भएको , अनलाईन पद्धतिबाट पठन पाठन गराईने, उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था भएको, छात्रवृत्तिको व्यवस्था भएको पुस्तकालयको व्यवस्था भएको,कम्प्युटर ल्याबको व्यवस्था भएको,विद्यार्थीलाई शैक्षिक भ्रमण तथा प्रयोगात्मक भ्रमण गराईने, शान्त तथा रमणिय वातावरणमा पठन–पाठन गराईने र अनलाईन पद्धतिबाट पठनपाठन गराइने बिशेषता रहेको शिखर टेक्निकल कलेजका क्याम्पस प्रमुख लाल बहादुर बि.क ले जानकारी दिए ।
यस शैक्षिक सत्र २०७७। ०७८ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले आवेदन फाराम वितरण गर्ने मिति २०७७ भाद्र ३० गते बाट असोज १९ गते सम्म रहेको छ । यस बर्ष परिषद्ले प्रवेश परीक्षाको फाराम पाईने माध्यम परिषद्को वेभसाईट www.ctevt.org.np कलेजको Facebook page//:- STC Dadeldhura भौतिक दुरी कायम गरी कलेज प्रशासन बाट प्राप्त गर्ने व्यावस्था गरेको छ । आवेदन फाराम दस्तुर शुल्क रु ३००/-मात्र तोकेको समेत क्याम्पस प्रमुख बि.क ले बताए ।








