सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

डडेल्धुरा, १० असोज : सुदूरपश्चिममा सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए।

भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए। मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १७ पुगेको छ।

सम्बन्धित खवर

Back to top button