मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्षद्वय बीच छलफल जारी


काठमाडौं, १२ असोज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल गर्नका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
दुवै अध्यक्षबीच यस विषयमा केहिदिनदेखि निरन्तर छलफल भइराखेको थियो । तर सहमति भने हुन सकेको छैन । ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा सरकारको आवश्यकता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएको थियो । सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो ।



त्यसयता बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएको छ । उनीहरुबीच केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा सहमति हुन नसकेको स्रोतको दावी छ ।








