सिडी विजय अधिकारीको दशैं गीत सार्वजनिक

काठमाडौं : सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहनुभएका दिल खड्काको यस गीतमा शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ।

म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। कला, साहित्य र संगीतको प्रवर्दनमा समर्पित जीटुजी मिडिया (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

परदेशीको पीडा र नेपालीहरुको महान् चाड दशैँको भाव समेटिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

सम्बन्धित खवर

Back to top button