प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ तोक्ने प्रस्ताव प्रदेश सभामा पेश


काठमाडाैँ, १६ असोजः प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश सभाको शुक्रवार बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले प्रदेशको नाम र राजधानी तोक्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव पेश गरेर बैठक यही असोज १९ गते सोमवारसम्मका लागि स्थगित भएको छ । प्रदेश ५ को अस्थायी राजधानी हाल रुपन्देहीको बुटवलमा छ
। राजधानी कहाँ तोक्ने भन्ने विषय लामो समयदेखि अनिर्णित बनेपछि प्रदेश सभामा प्रस्ताव समेत पेश हुन सकेको थिएन ।











