विश्वभर एक दिनमै कोरोना संक्रमण २ लाख ४९ हजारभन्दा बढी

काठमाडौं, १९ असोज : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमितबाट २४ घण्टामा ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । वितेको २४ घण्टामा विश्वमा थप ४ हजार १३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।

विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ ।

अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा,संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २५ हजार ५३ जनाको मृत्यु भएको छ । ५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १६ हजार २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९१ लाख २३ हजार ९७२ पुगेको छ । त्यसमध्ये ५९ लाख २९ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर

Back to top button