४३६४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्षा ९८ हजार ६१७

काठमाडौं, २२ असोजः देशभर कोरोना भाइरसका थप चार हजार ३ सय ६४ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित खवर

Back to top button