डा. केसीकै उपस्थितिमा आज साँझ ७ बजे सरकारी र केसीका प्रतिनिधिबीच वार्ता हुँदै

काठमाडौं, २३ असोजः अनशनरत डाक्टर गोविन्द केसीकै उपस्थितिमा आज साँझ ७ बजे सरकारी प्रतिनिधि र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुशन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले दिएको जानकारीअनुसार दुवै टोलीबीच आज साँझ ७ बजे टिचिङ अस्पतालमा डाक्टर केसी अनशन बसेकै स्थलमा वार्ता भई सहमति गरिने भएको छ ।

विभिन्न ६ बुँदे माग राखी डाक्टर केसी विगत २६ दिनदेखि अनशनरत छन् । उनको माग पूरा गराउनको लागि सरकारी र केसी पक्षबीच हिजो राति अवेरसम्म वार्ता भएको थियो ।

सम्बन्धित खवर

Back to top button