टिपरमा मोटरसाइकल ठोक्किँदा एकचालकको मृत्यु


भक्तपुर २५, २०७७ असोज : अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आइतबार बिहान मृत्यु भएको हो। भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेबेले जानकारी दिए।











