थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० असोज :  पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । आज १६ हजार ५३१ पिसिआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर

Back to top button