आज थप ३१६७ जनामा कोरोना देखियो

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार २९९ छ भने होम आइशोलेसनमा २५ हजार ४३८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७१५ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button