पूर्वसभामुख कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन

काठमाडौँ, १९ कार्तिक :  पूर्वसभामुख कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ । उपचारकै क्रममा सीताको आज विहान नर्भिक अस्पताल काठमाडौंमा निधन भएको हो ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पितलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । सीता विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको बताइएको छ 

सम्बन्धित खवर

Back to top button