नेकपा विवाद :आन्तरिक जिल्ला तहसम्मै छताछुल्ल

काठमाडौं २०७७, मंसिर : प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखिएको आन्तरिक विवादको जिल्ला तहसम्म देखिन थालेको छ। पछिल्लो केही महिना यताबाट क्रमबद्ध रुपमा देखिएको नेकपाको विवाद विस्तारै जिल्ला तहसम्म पुगेर छताछुल्ल हुन थालेको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक स्वार्थको कारणले नेकपाभित्रको विवादले पार्टी फुटको संघारमा पुगेका छ। शीर्ष तहमा गुटगत राजनीतिले गाँजेको नेकपामा केन्द्रीय सचिवालयबाट नै नेताहरु दुई धारमा बाँडिएका छन्। विवाद उत्कर्ष तर्फ केन्द्रित भइरहँदा प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन् 

यस्तै, अध्यक्ष दाहाल खेमाबाट सचिवालयमा वरिष्ठ नेताद्वय  माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। पार्टीभित्रको विवादको क्रममा यतिबेला नेकपाभित्र लिखित रुपमा ‘पत्र युद्ध’ चलिरहेको छ। अध्यक्ष दाहालसहित बहुमतको सदस्यले कात्तिक २८ गतेको सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदनलाई ओली पक्षले आरोप पत्रको संज्ञा दिइरहेको छ। 

पार्टी एकता बचाउका लागि अध्यक्ष दाहालले त्यो पत्र फिर्ता लिनुपर्ने माग गरिरहेका छन्। त्यसो त प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको सचिवालय बैठकमार्फत् त्यसको प्रतिउत्तर फर्काउने तयारी गरिरहेका छन्। ओलीले प्रतिउत्तरपछि मात्रै पार्टीभित्रको विवाद कुन मोडमा पुग्ने निर्धारण गर्न सकिने नेताहरुको धारणा छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको विवादको कारणले तल्लो तहमा देखिएको विवादबारे चर्चा गरौँ। 

चितवनमा सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी

गृहजिल्ला चितवनमा शनिबार विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा पुगेका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टीका कार्यकर्ताले गुटगत राजनीति मौलाइरहेको बेलामा वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका नेता पाण्डेमाथि प्रधानमन्त्री केपी शर्मा ओली खेमाका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्। 

‘कार्यक्रममा मैले आफ्नो धारण राखिरहेको थिए। त्यही क्रममा एक समूह आएर जनताको बहुदलीय जनवाद जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद भन्दै नारा लगाउन थाले’ सुरेन्द्र पाण्डेले भने। 

वरिष्ठ नेता  खनालले पाण्डे विरुद्ध भएको नाराबाजीको घटनाले पार्टीभित्रको विवाद उत्कर्षमा पुग्नसक्ने बताएका छन्। ‘पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई विनम्र अनुरोध छ’, उनले भनेका छन्। 

वरिष्ठ नेता नेपालले भनेका छन्,  ‘गृह जिल्लाका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई गन्तव्य राखिरहेको बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा गरेका छन्। 

घटनालाई लिएर चितवन जिल्ला पार्टी कमिटीका अध्यक्ष इकमासिंह लामा र सचिव रामचन्द्र पाठकले विज्ञप्ती जारी गरेर केही अराजक व्यक्तिहरु कार्यक्रममा प्रवेश गरेर नाराबाजी गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको बताएका छन्। 

पर्सा घटना

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेलामा कात्तिक ६ गते पर्सामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निकट नेताहरूबीच हानाहानको स्थिती भयो। त्यसै गाउँपालिका कमिटीका सचिव मुकेस चौरसियाको हत्या भयो। अन्य केही व्यक्ति घाइते भए। कार्यक्रममा बाँसको भाटाले अन्धाधुन्ध प्रहार भएपछि उनको मृत्यु भएको थियो। ६ गते घाइते भएको उनले उपचारको क्रममा ७ गते अस्पतालमा ज्यान गएको थियो। 

सो घटना पनि सुनियोजित भएको भन्दै अध्यक्ष दाहाल नेपाल समूहले दोषीलाई कारबाहीको माग गरे। तर, हप्ता दिन बितिसक्दा समेत प्रहरीले जाहेरी समेत बुझेको थिएन। तर, चौतर्फी दबावपछि प्रहरीले जाहेरी बुझेर घटनाबारे छानविन गरिरहेका छ। सो घटनालाई लिएर नेकपाको कार्यकारी अध्यक्ष दाहालले समेत दोषीलाई कारवाहीको माग गर्दै विज्ञप्ती जारी गरेका थिए। 

कर्णाली विवाद

नेकपाभित्रको विवाद केही मथ्थर भएपछि कर्णाली विवादपछि बल्झिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल हुन्। उनी प्रधानमन्त्री ओली निकट मानिन्छन्। मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्रीको साथ दिएपछि उनको कुर्सी जोगिएको छ। 

सम्बन्धित खवर

Back to top button