विप्लव समूहका कमाण्डर पेस्तोलसहित पक्राउ

विराटनगर २०७७, मंसिर : मोरङ प्रहरीले एक थान पेस्तोलसहित नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ। 

मोरङ उलाबारी नगरपालिका वडा–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरबाट प्रहरीले पेम्बा साङ्गे शेर्पांलाई आइतबार बिहान पक्राउ गरेको हो।

विप्लव समूहका मानिसहरु अवैध हतियार साथमा लिई लुकीछिपी बसिरहेका भन्ने सूचनाका आधारमा प्रहरीले विश्वकर्माको घर खानतलासी गर्दा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ बस्ने  ३२ वर्षीय शेर्पालाई नियन्त्रणमा लिई कालो झोलाभित्र लुकाई राखेको अवस्थामा  तीन वटा गोली लोड भएको अवस्थामा पेस्तोत, म्यागजिन एक थानसमेत बरामद गरेको हो ।

शेर्पाको सक्कल नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, मोबाइल सेट त्यसमा लाग्ने सिमहरु,नेपाल कम्युनिष्ट पाटीको सहयोग रसिद,आवश्यक दस्तावेजसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

सेक्सन कमाण्डर शेर्पालाई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button