बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी


महोत्तरी २०७७, ९ मंसिर : बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्।
आइतबार साँझदेखि शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको शहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्।



बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो,
आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो।

हत्या गरिएको ६ वर्षीया गुलाव शाह खातुनको तस्वीर ।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो ? भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमार्टम रिपोर्टले भन्छ।’हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।








