पाटन सङ्ग्रहालयको ऐतिहासिक र साँस्कृतिक पक्ष एवम् त्यसको महत्व

-अधिवक्ता हेमन्त वुढाथोकी
पृष्ठभूमि

इतिहासकारहरुको अनुसार पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाको मल्ल राज्यलाई तत्कालीन गोरखा राज्यमा मिलाई अधिकार गर्नु अगाडि तत्कालीन पाटन राज्य पनि एक शक्तिशाली मल्ल राज्य थियो । नेपाल सम्वत ८८८ र वि.सं.१८२५ (२५ सेप्टेम्बर १७६८) रविबार भाद्र शुक्ल चतुर्दशीमा पृथ्वीनारायण शाहले तत्कालिन कान्तिपुर राज्यमा आक्रमण गरी तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ल भागेर पाटनका राजा तेजनरसिंह मल्लकहाँ शरण माग्न गए । आफ्ना साथमा ३०० जति सिपाहीहरु लिई पाटन शरणमा गएका जयप्रकाश मल्ल एक महिना शरणमा रहे । पाटनमा राजा बनाउने वा नबनाउने निर्णय काजी प्रधानहरुले गर्ने हुनाले तत्कालीन समयमा पाटनका भारदारहरु पृथ्वीनारायण शाहतिर मिल्ने सुर गरेकाले जयप्रकाश मल्ल र पाटनका तत्कालीन राजा तेजनरसिंह मल्ल भादगाउँ (भक्तपुर) को राजा रणजित मल्ल कहाँ शरण माग्न गए । यसरी तत्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाहले तत्कालीन राजा तेजनरसिंह मल्लको पालामा आफ्नो राज्यमा मिलाएपछि पाटन राज्य औपचारिक रूपमा विघटन भयो । तत्कालीन पाटन राज्यको शासन व्यवस्था पाटन दरबारबाट सञ्चालन हुँदै आएकोमा पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि तत्कालीन हनुमानढोका दरबारबाट शासन सञ्चालन सुरु हुन थाल्यो ।
सन् १९५८ मा काठमाडौँको अन्य ऐतिहासिक पुरातात्विक सम्पदासँगै पाटन दरबार क्षेत्रलाई पनि संयुक्त राष्ट्र संघीय आर्थिक, सामाजिक र सांंस्कृतिक संगठन (United Nations Economic, Social and Cultural Organization) ले विश्व सम्पदा सूचीमा समाविष्ट गर्ने निर्णय ग¥यो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ अनुसार अन्य स्थलसँगै पाटन दरबार क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र भनी घोषणा गरियो । त्यसरी विश्व सम्पदा सूचीमा परेपछि पाटन दरबार क्षेत्र आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुको समेत आकर्षणको केन्द्र रही आएको छ ।

पाटन दरबार सङ्ग्रहालय पर्यटकीय दृष्टिले मात्र नभई शैक्षिक र ऐतिहासिक, पुरातात्विक मूर्तिकला, वास्तुकला आदिका दृष्टिले पनि अध्ययता र अनुसन्धाताको लागि समेत महत्वपूर्ण स्थलको रूपमा रहेको छ । यहाँ रहेका ऐतिहासिक दरबार, मूर्तिहरु र स्तम्भहरुले मध्यकालीन मल्ल राजाहरुको पालाको कलाकृति, धार्मिक, सांस्कृतिक अवस्थाको बारेमा चित्रण गर्दछ । पाटन दरबार, पाटन शहरको मुटुमा अवस्थित छ । यहाँ निर्माण गरिएका मन्दिरहरु तत्कालीन अवस्थामा शासन गर्ने राजा महाराजाहरुले भगवान र तिनीहरुका नातेदारहरूप्रति समर्पित गरेको अनुमान गर्न सकिन्छ । पाटन सङ्ग्रहालय परम्परागत देवी देवताप्रति समर्पित भएर निर्माण गरेको कलाको र समृद्धि स्थापत्यकला र वास्तुकलाको कलात्मक प्रदर्शनीको रूपमा रहेको छ । पाटन सङ्ग्रहालय रहेको स्थलमा पहिले पाटन दरबारको आवासीय अदालत रहेको थियो । यो काठमाडौँ उपत्यकाका तत्कालनि मल्ल राजाको राजदबार पनि थियो । यो सुनको झ्याल भएको विश्वकै एक सुन्दर चोक÷क्षेत्र हो । यो सङ्ग्रहालयले नेपालको विस्तृत (लामो समयको) सांस्कृतिक इतिहास र मूल्यवान धातु र पत्थरका कलावस्तु समेत उजागर प्रदर्शन गर्दछ । त्यस्तै ती वस्तुहरुले हिन्दु र बुद्ध धर्मको जीवित परम्परा÷चलन÷विश्वासहरुलाई वर्णन गर्दछन् । सङ्ग्रहालय प्रायः जसो वस्तुहरु काँसलाई पगालेर बनाइएका र तामामा सुन लेपन गरेर बनाइएका कलाकृतिमा आधारित भाँडा वर्तन र वस्तुको संग्रहको लागि प्रख्यात छ ।

पाटन सङ्ग्रहालय ललितपुरको पाटन दरबार क्षेत्रमा धातु कला सङ्ग्रहालयको नामले स्थापना भएको थियो । धातु कला सङ्ग्रहालयमा धातुका हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित कलाकृतिहरु राखिएका थिए । वि.सं.२०३६ सालमा पाटन दरबार क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा परेपछि पाटन दरबार क्षेत्रको संरक्षणका लागि नेपाल सरकारले अष्ट्रियन सरकारलाई सहयोग मागेकोमा अष्ट्रियन सरकारबाट सहयोग प्राप्त भई २०३९ सालमा हाल सङ्ग्रहालय अन्तर्गत रहेको केशवनारायण चोकको सुनको ढोका र झ्याल भएको दरबारको मर्मत सम्भार गरिएको थियो । तत्कालीन श्री ५ को सरकारले विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार पाटन सङ्ग्रहालय विकास समिति (गठन आदेश जारी गरी उक्त गठन आदेश २०५३ को नेपाल राजपत्रको भाग ३ मा मिति २०५३÷२÷१४ गतेका दिन प्रकाशित गरेर सोही समिति मार्फत् सङ्ग्रहालयको व्यवस्थापन र सञ्चालन गर्दै आइएको देखिन्छ । पाटन सङ्ग्रहालयको समुद्घाटन वि.सं.२०५४ सालमा तत्कालीन राजा स्वर्गीय श्री ५ वीरेन्द्र वीर विक्रम शाहबाट भएको थियो ।

पाटन दरबार क्षेत्रको मुख्य आकर्षण नै प्राचीन÷मध्यकालीन राजदरबार हो । पाटन दरबारमा मुख्यतः मूल चोक, सुन्दरी चोक र केशवनारायण चोक गरी तीनवटा चोकहरु छन् । मूल चोकको उत्तरी भागमा अष्टभुजाको तलेजु भवानी मन्दिर छ जुन तत्कालीन राजा श्री निवास मल्लले सन् १६६७ मा निर्माण गरेका थिए । सुन्दरी चोकमा राजाहरुले नुहाउन प्रयोग गर्ने ढुंगाको स्नान स्थल छ ।
पाटन दरबार सङ्ग्रहालय पाटन शहरको मुटु वा केन्द्रमै अवस्थित छ । यो पर्यटकहरुको मुख्य आकर्षणको केन्द्रविन्दुको रूपमा रहेको छ । पाटन दरबारभित्र ऐतिहासिक, पुरातात्विक मूर्तिकला, ललितकलाको अनुपम संग्रह रहेकाले र यो काठ वा पत्थर खोपेर थरि थरिका सुन्दर बुट्टाहरु खोपेर÷कुँदेर कलात्मक रूपले स्थापना गरिएका प्राचीन दरबार, मूर्ति र तीर्थ स्थलको लागि प्रसिद्ध समेत छ । पाटन दरबार सङ्ग्रहालय मुख्यतः केशवनारायण चोक, मूल चोक र सुन्दरी चोक गरी तीनवटा छन् । सुन्दरी चोकमा राजपरिवारले मात्र नुहाउने धारा टुसाहिटी पनि अवस्थित रहेको छ ।
ललितको अर्थ सुन्दर हुने भएको हुनाले नै यस सुन्दर सहरको नाम ललितपुर (पाटन) राखिएको हो । ललितपुरको इतिहासको आफ्नै विशेषता रहेको छ । प्राचीन कालदेखि नै यो क्षेत्र बौद्ध धर्मको केन्द्रको रूपमा विकसित हुँदै आइरहेको छ । मध्यकालको प्रारम्भदेखि नै अनेक बौद्ध विहारहरु स्थापना भएको पाइन्छ ।

पाटन सङ्ग्रहालय सन् १९९७ मा स्वर्गीय श्री ५ वीरेन्द्र वीर विक्रम शाहबाट उद्घाटन गरिएको थियो । सङ्ग्रहालयको चतुष्कोणीय चोकमणी केशव नारायण चोकले परिचित छ जसको नाम दरबारको मुख्य प्राङ्गण÷आँगन र सुनको चौकोश भएको झ्यालढोकाको केन्द्रमा रहेको केशवनारायण मन्दिरबाट लिइएको हो । ती दुईवटा पाश्र्ववर्ती दरबारको प्राङ्गण÷आँगनको पाटनका मल्ल राजाहरुले जतिकै लामो इतिहास रहेको छ ।
पाटन सङ्ग्रहालय एसियाली धार्मिक अनुपम कलाकृतिहरुको सङ्कलन गरिएको केशव नारायण चोक र घरहरुले घेरिएको तत्कालीन राजाहरुको वास स्थान रहेको दरबार हो । सङ्ग्रहालय उपत्यकाको राष्ट्रिय खजाना÷गहना हो र यसले कला, प्रतिकात्मकता÷प्रतिकवाद र स्थापत्यकलाको प्रतिनिधित्व गर्दछ ।

पाटन सङ्ग्रहालय १७ औँ शताब्दीका मल्ल राजा सिद्धिनरसिंह मल्लको व्यक्तिगत वासस्थान थियो । उक्त दरबारलाई पहिले मनिगाल दरबार भनिन्थ्यो भने अहिले यसलाई केशव नारायण चोक भनिन्छ । यो सङ्ग्रहालय ढुङ्गे कलाकृति, धातुका कलाकृति र पहिलो शताब्दीको लिच्छवी वंशको थाङ्का चित्रहरुको विभिन्न सङ्कलन छन् । सङ्ग्रहालयको सबैभन्दा प्रसंशनीय वस्तु १७ औँ शताब्दीको राजा श्रीनिवास मल्लको राजगद्दी हो । त्यस्तै सङ्ग्रहालयको कला सङ्ग्रहालयमा ललितपुर र काठमाडौँको पुरातन फोटोहरुको संग्रह छ । पाटन संग्रहालयमा २०० वटा वस्तुहरुको स्थायी प्रदर्शनी छन् जुन १५०० भन्दा बढी राष्ट्रिय सङ्कलनबाट छानिएका हुन् । प्रदर्शनीमा प्रायः काठमाडौँ उपत्यका र पाटनमा निर्मित हिन्दु र बौद्ध देवी देवताहरुका मूर्तिहरु समाविष्ट गरिएका छन् । साथै केही वस्तुहरु भारत, तिब्बत र पश्चिमी हिमालयबाट समेत सङ्कलन गरिएका छन् । त्यस्तै वस्तुहरुका वर्णनले ती वस्तुहरुको आत्मिक र आध्यात्मिक महत्वलाई दर्शाउँछन् र तिनीहरु प्रायः जसो अमेरिकी मानवशास्त्री मेरी एस.सल्सर ९ःबचथ क्। क्गिककभच० द्वारा लेखिएका छन् ।
मध्यकालमा काठमाडौँ उपत्यका तीन राज्यमा विभाजित थिए र उपत्यका बाहिरका जिल्लाहरु अनेकौँ स–साना राज्यहरु भित्र थिए । कृषि व्यापार तथा उद्योग जस्ता आर्थिक विकासको कारण बाहिरका राज्यहरुभन्दा उपत्यकाका राज्यहरु सम्पन्न थिए । त्यसबेला पनि उपत्यका पनि उपत्यका कला वास्तुकलाका साथ साथ संस्कृतिहरुका विभिन्न पक्षमा लिच्छविकालदेखि नै विकासक्रम चलिरहेको थियो । त्यस बेलाका उपत्यकाका सबै राज्यहरु बीच कला संस्कृति लगायत विभिन्न सांस्कृतिक क्षेत्रहरुको विषयमा प्रतिस्पर्धा चल्ने गथ्र्यो । फलस्वरूप उपत्यकामा प्रभावशाली मन्दिर दरबारहरुको साथ साथै सुन्दर भवनहरुको पनि निर्माण सम्भव भयो । मध्यकालीन दरबार चोकको वस्तुकला स्वयं आफूमा सङ्ग्रहालय रहेको छ । त्यस बेलाको दरबार वास्तुशैलीले विहार वास्तुशैलीसँग समानता देखाउने दरबारको महत्व छ । ललितपुर दरबारमा अहिले पाटन सङ्ग्रहालय रहेको छ । वि.सं. १९९० सालको महाभुकम्प पनि पाटन दरबारको निकै कम क्षति भएको थियो । यस दरबारको पंचपुरीको दक्षिणतिरको चोक बाह्रौँ शताब्दीका राजा रुद्रदेवले र पंचपुरीको उत्तरतिरको चोक अमृतदेवले बनाएको हो भन्ने मानिन्छ । यस दरबरको वर्तमान स्वरूप भने सातौँ शताब्दीका राजा सिद्धिनरसिंह मल्ल र उनको छोरा श्रीनिवास मल्लको समयतिरको हो । यस दरबारको भित्री भागमा निर्मित तीनवटा चोक भवनहरुमध्ये सुसङ्गठित मणिकेशर नारायण चोक भवनमा अहिले पाटन सङ्ग्रहालय अवस्थित छ ।

 युनेस्कोले सन् १९७९ (वि.सं.२०३६) मा काठमाडौँ उपत्यकाका ५ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने क्रममा पाटन दरबार क्षेत्र पनि परेको थियो । काठमाडौँ उपत्यकाका स्मारकको संरक्षणका लागि अष्ट्रियन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । वि.सं. २०३९ मा यहाँको प्रसिद्ध केशवनारायण चोक तथा सुनको झ्याल भएको एवम् ढलौट सङ्ग्रहालय भएको दरबारको मर्मत सम्भारबाट संरक्षणको कार्य सुरु भएको थियो । तत्कालीन श्री ५ को सरकार र अष्ट्रियन सरकारको संयुक्त प्रयासबाट यस ऐतिहासिक दरबारको मौलिक सुन्दरताको पुनः निर्माण गरेको मात्र नभएर यसले यो क्षेत्रकै एउटा नमुना सांस्कृतिक संस्थाको रूपमा सिर्जना गरेको छ । पुनर्निर्माणको क्रममा सङ्ग्रहालयको लागि आवश्यक नयाँ ढाँचाको लागि ऐतिहासिक कलालाई जति सक्दो पुनः स्थापित गर्दै केही मात्रामा परिवर्तन गरियो । पहिलेको बनावटको स्वरूप देखाउन मुख्य मोहडामा १९ औँ शताब्दीका तस्वीरहरु नै मन्दिर पुनर्निर्माणको लागि आधारको रूपमा लिइयो । त्यहाँ धेरै दस्तावेजहरु तथा तस्वीरहरु नभएकोले केही भवनहरुको पुनः निर्माण अन्दाजको आधारमा गरिएको छ ।

 पुनः निर्माणको अवधिमा भवनको कलात्मक भाग र छानाको स्वरूपलाई भुकम्प पछिको पुनःनिर्माण भएको समय र साधनको अभाव अनुसार केही परिवर्तन गरिएको थियो । पहिले कुँदिएको झ्याल, ढोकाहरु, छानाका सामग्रीहरु लगायत पुरानो भवनका सामग्रीहरुलाई जति सक्यो त्यति पुनः प्रयोगमा ल्याइएको थियो । परम्परागत इँटा र काठका बनावट कमजोर हुने भुकम्प जाँदा भत्किने हुँदा यो भवन पक्की किसिमबाट निर्माण गरियो । दरबारको पश्चिमी भागको मुख्य आँगन वि.सं. १७९१ मा जस्तो थियो सम्भवतः अहिले पनि उस्तै देखिन्छ । तर सङ्ग्रहालयको योजना अनुसार विभिन्न कक्षहरु बनाउनको लागि नयाँ र ठूला भ¥याङहरु र ऐतिहासिक गारोहरु हटाइएका छन् । परम्परागत माटोका भुइँहरु र स्थानीय कलाकृतिका पर्खालहरु र चुनको लेपनमा परिवर्तन गरिएको छ । साथै चिसोबाट गारोलाई बचाउन र छानाको आयु लम्ब्याउन बाहिरी भागका एक किसिमको पातलो पक्की लेपन लगाइएको छ ।

पाटन संग्रहालयको परिचय, संग्रहालयको महत्वपूर्ण स्थानहरू र संग्रहहित वस्तुहरू
पाटन संग्रहालयको ऐतिहासिक विकासक्रम

१६ औँ र १७ औँ शताब्दीमा पाटनको उन्नति चरम सीमामा पुगेको थियो । त्यसै समयमा पाटन दरबार क्षेत्रको धेरैजसो भागको निर्माण गरिएको थियो । अहिले पाटन संग्रहालय रहेको राजाप्रासाद बौद्ध बिहारको नजिकमा वि.सं. १७९१ मा बनाइएको थियो । त्यो समयमा यसलाई “चौका” वा “चार कुने” भनिन्थ्यो । यस भवनमा रहेका बुर्जाहरु मध्य दुईवटा बुर्जाहरु अहिले पनि भवनको मुख्य मोहडामा जीवित नै छन् । गोरखाका शाहहरुले वि.सं. १८२६ मा उपत्यकामा विजय हासिल गरेपछि र स्थानीय नेवार राजाहरु राज सिंहासनबाट हटेपछि यो भवन राजाप्रासादको रुपमा रहेन । वि.सं. १९९० को महाभूकम्पले भवनको पूर्वी भागलाई पूर्ण रुपमा क्षतिग्रस्त पारेकोले कुँदिएका झ्याल, ढोकाहरु, छाना सामग्री लगायत पुराना भवनका सामग्रीहरुलाई जति सक्यो बढी पुनः प्रयोगमा ल्याई पुनः निर्माण गरिएको थियो । वि.सं. २००७ सालमा पाटनको पहिलो सार्वजनिक विद्यालयलाई त्यही सुरु गरिएको थियो भने सन् सत्तरीको दशकमा यसैमा एउटा सानो संग्रहालयको स्थापना गरिएको थियो । यस दरबारको पञ्चपुरीको दक्षिणतिरको चोक बाह्रौँ शताब्दीका राजा रूद्रदेवले र पञ्चपुरीको उत्तरतिरको चोक अमृतदेवले बनाएको देखिन्छ । यस दरबारको भित्री भागमा निर्मित तीनवटा चोक भवनहरुमध्ये निर्मित मणिकेशर नारायण चोक भवनमा अहिले पाटन संग्रहालय अवस्थित छ । दरबारको पश्चिमी भागको मुख्य आँगन वि.सं. १७९१ मा जस्तो थियो सम्भवतः अहिले पनि उस्तै देखिन्छ तर संग्रहालयको योजना अनुसार विभिन्न कक्षहरु निर्माण गर्नका लागि नयाँ र ठूला भ¥याङहरु र ऐतिहासिक गारोहरु हटाइएको पाइन्छ । परम्परागत माटोका भुँइहरु र स्थानीय कलाकृतिका पर्खालहरु र चुनको लेपन मा पनि परिवर्तन गरिएको छ । पाटन संग्रहालयको स्थापना ललितपुर महानगरापलिका अन्तगर्तको मंगलबजार स्थित मल्लकालीन पाटन दरबारमा वि.सं. २०१९ सालमा राष्ट्रिय धातु संग्रहालयको नाममा भएको पाइन्छ । संयुक्त राष्ट्र संघीय आर्थिक सामाजिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०७९ (वि.सं. २०३६) सालमा काठमाडौँ उपत्यकाको ५ वटा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समाविष्ट गर्ने क्रममा त्यस मध्ये एउटा पाटन संग्रहालय पनि परेपछि पाटन दरबार क्षेत्रलाई संरक्षण गर्न तत्कालीन श्री ५ को सरकारलाई अष्ट्रियन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरी २०३९ सालदेखि नै केशवनारायण चोक र सुनको झ्याल भएको एवं ढलौट संग्रहालय भएको दरबारको मर्मत सम्भारबाट पाटन संग्रहालय संरक्षण कार्य सुरु गरिएको थियो । अष्ट्रिया सरकारको आर्थिक सहयोग र वास्तुकलाविद् गजह्यागमुलरको निर्देशनमा १४ वर्षको लामो मिहिनेतबाट यस बहुमूल्य कला सङ्ग्रहको पुनः निर्माण गरी यस संग्रहालयलाई सांस्कृतिक केन्द्रको रुपमा परिवर्तन गर्ने लक्ष्य लिइएकोमा अष्ट्रियन सांस्कृतिक इतिहासविाद् डा.मेरी एस. सल्सरले यहाँ सङ्ग्रहित १५०० वा कला संस्कृतिको सङ्ग्रह मध्ये २०० वटा छनोट गरेर प्रत्येकको व्याख्या निर्माणकाल र कलाशैलीको वर्णन सहित उल्लेख गरी संग्रहालयको स्थापनामा महत्वपूर्ण योगदान दिएको देखिन्छ । संग्रहालयको पुनः निर्मित भवन तथा संग्रहालयको उद्घाटन तत्कालीन स्वर्गीय श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट वि.सं. २०५४ कार्तिक १२ गते गरिएको थियो । विकास समिति ऐन २०१३ को दफा ३ बमोजिम तत्कालीन श्री ५ को सरकारले पाटन संग्रहालय विकास समिति गठन आदेश २०५३ बमोजिम पाटन संग्रहालय विकास समिति गठन गरी सो समितिको व्यवस्थापनमा यो संग्रहालय स्थापना भएको देखिन्छ । वैज्ञानिक तवरबाट पुरातात्विक सांस्कृतिक ऐतिहासिक वस्तुहरु प्रदर्शनमा राखिएको यस संग्रहालयमा बत्तीको व्यवस्था वैकल्पिक ऊर्जा (सोलार प्रणाली) बाट चलाइएको छ भने विभिन्न चाडपर्वको अवसरमा संग्रहालयको तर्फबाट अस्थायी प्रदर्शनी (स्टल राखी) समेत सञ्चालन गरिँदै आइएको देखिन्छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिने यस संग्रहालयमा औसत रुपमा विदेशी (वाह्य) १.५ लाख र नेपाली (आन्तरिक) १ लाख पर्यटकहरुले वार्षिक रुपमा भ्रमण गर्ने गरेको देखिन्छ । पाटन संग्रहालय विकास समितिको पदेन अध्यक्षमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव, उपाध्यक्षमा पुरातत्व विभागको महानिर्देशक, त्यस्तै सदस्यहरुमा ललितपुर उपमहानगर पालिकाको प्रतिनिधि १ जना र कला, संग्रहालय, संस्कृति र इतिहासविद् मध्येबाट नेपाल सरकारले नियुक्त गर्ने १ महिला सहित ३ जना र सदस्य सचिवमा पाटन दरबार संग्रहालयका निर्देशक रहने व्यवस्था रहेको देखिनछ । नेपाल सरकारले कला, संग्रहालय, संस्कृति र इतिहासविद्हरु मध्येबाट नियुक्त गर्ने ३ जना सदस्यहरुमा हाल डा.रोहित रञ्जितकार, मोहन ब्यञ्जनकार र रेणुका बज्राचार्य रहेका छन् ।

पाटन संग्रहालयका महत्वपूर्ण स्थानहरु

१ पाटन दरबार


पाटन दरबार स्क्वाएरको पूर्व तर्पmको भागको समग्र भवनको भाग नै पाटन दरबार हो । पाटन दरबार १४ औं शताब्दिमा निर्माण भएको थियो तर पाटन दरबार मुख्य रुपमा १७ औं र १८ औं शताब्दीमा सिद्धि नरसिंह मल्ल, श्रीनिवास मल्ल र विष्णु मल्लको पालामा निर्माण भएको थियो ।

२ मणि केशव नारायण चोक


पाटन दरबारको अगाडि पट्टिको हिंसात्मक देखिने दुइवटा वयस्क सिंहहरुको प्रतिमा हुँदै सुनौलो ढोकाभित्र छिरेपछि मणि केशव नारायण चोक पुगिन्छ । यो प्रांगण सानो केशव नारायण मन्दिर र पाटन संग्रहालयको संग्रहहरुको आसपासमा रहेको छ ।
कतै कतै केशव नारायण चोकको निर्माण सम्म वि.सं. १७३४ मा श्रीनिवास मल्ले बनाएको उल्लेख भएको पाइन्छ । तर तिथि मिति हेर्दा एकरुपता देखिँदैन ।

३ मूलचोक र तलेजु मन्दिर


मूलचोक पाटन दरबारको सबैभन्दा ठूलो र पुरानो बीचमा रहेको मुख्य चोक हो । शुरुमा मूलचोक राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेकोमा वि.सं. १६६२ मा श्री निवास मल्लले वि.सं. १६६५–१६६ मा पुनः निर्माण गरेका थिए । मूल चोक प्रांगणको वरिपरी तिनवटा तलेजु मन्दिरहरु छन् । मूलचोकको प्रांगणको दक्षिणतर्पm तलेजु मन्दिर र तलेजु भवानीको मन्दिरतिर जाने प्रवेशद्वार रहेको छ । कतै कतै तलेजु मन्दिरको पुनःनिर्माण कार्य वि.सं. १७७१ मा श्री निवास मल्लले सम्पन्न गरेको भनेर पनि उल्लेख गरिएको पाइन्छ । मूलचोकको प्रांगण धार्मिक नृत्य र उत्सवहरुमा मानिसहरु जमघट हुन पनि प्रयोग गरिन्थ्यो ।

४ सुन्दरी चोक
पाटन दरवारको दक्षिणी कुनातिर तिनतले भवनले घेरिएको भाग नै सुन्दरी चोक हो । शुरुमा दुइ तले भवनको रुपमा सन् १६२८ मा निर्माण भएको सुन्दरी चोकले अनेकौं हस्तक्षेपहरु झेल्दै÷व्यहोर्दै आएको छ । सन् १७३० मा दुइ तले भवन तिन तले बनेको थियो । सन् १७३० मा बनेको तिन तले भवनबाट सुन्दरी चोकको सबै दृष्यहरु देख्न सकिन्छ । सुन्दरी चोकको अपूर्ण रहेको पूर्वी संरचना १९३४ को भूकम्पले ध्वस्त भएपछि पुनः निर्माण गरिएको थियो तथापी त्यो आभूषणहरुको अपर्याप्तताको÷अभावको कारण सामान्य इट्टाले बनाइएको थियो ।

५ टुसाहिटी धारा


अण्डाकार आकृतिमा रहेको टुसाहिटी धारा १६४७ मा राजा सिद्धिनरसिंह मल्लले आप्mनो सांस्कृतिक गतिविधि गर्न निर्माण गराएका थिए । टुसाहिटी धाराको टुटि माथि सुवर्ण लेपन गरिएको कोठाको लक्ष्मी नारायण र गरुडको मूर्ति जडित गरिएको छ । टुुसाहिटी धाराको भित्तामा अलौकिक मन्त्रमुग्ध पार्ने इश्वरीय प्रतिमा, ढुंगा र सुवर्ण धातुले कुँदिका पाइन्छन् । त्यस्तैः टुसाहिटी धाराको नजिक कृष्ण मन्दिरको सानो प्रतिमा बनाइएको छ भने टुसाहिटी धाराको प्रवेश स्थलमा संरक्षक सर्पहरुले वरिपरिबाट बेरिएको छ । त्यस्तै टुसाहिटी धाराको प्रवेश द्वारमा सिद्धिनरसिंह मल्लले जाडो याममा तपस्या गर्ने ढुंगाको खाट रहेको छ ।

६ भण्डार खाल तलाउ र भण्डार खाल बैँगचा ः


पाटन दरवारको पछिल्लो तिर केन्द्र बिन्दुको रूपमा रहेको छ । भण्डार खाल बैँगचाको कुना पट्टि रहेको भण्डार खाल पानीको पानी संकलन केन्द्रको रूपमा रहेको थियो । त्यो दरवारको चोक र पूरातत्वमा ध्यान गर्ने मण्डप, घाँसँे सिँढी दुइवटा ढुंगाका सिंहहरू एउटा कुदिएको ढुंगाको टुटि भएको धाराले सुसज्जित रहेका छन । यो तलाउ १६ औँ शाताब्दिमा स्थापना भएको पाईन्छ । उक्त तलाउ पाटन दरवारको ऐतिहासिक पानी जल संरचना संग जोडिएको थियो भने उक्त वललाई रातो रंगको पक्की माटोको कुलो बाट भुगिगत रूपमा नजिकको स्थानमा पु¥याईएको थियो र सन् २०१२ को विस्तृत पुनः निर्माण अगाडि सम्म तलाउ सुख्खा रहेको थियो ।

पाटन भण्डार खालको सिद्धिनरसिंह मल्लको अभिलेख अनुसार सिद्धिनरसिंह मल्लले आफ्नो इष्टदेवीलाई प्रसन्न पार्न ढुंगेधारा पोखरी र फुलबारी बनाईएको उल्लेख छ । ने.सं ६६७ चैत्र शुक्ल नवमीको दिन भण्डारखालको सिद्धिनरसिंह मल्लको अभिलेख अनुसार तत्कालिन राजा सिद्धिनरसिंह मल्लले आफ्नो ईष्टदेबीलाई प्रसन्न पार्न निकै खेत गुठी राखेको कुरा उल्लेख छ । ती खेतको आयस्ताले बिशेषतः परमेश्वरीको पुजाको लागी बिशेष फूल बन्दोबस्त गर्न र भण्डारखाल पोखरीको जीर्णोद्धारको लागी गुठी राखेको उल्लेख छ । ने. सं. ७९६ को भण्डारखालको राजर्षि सिद्धिनरसिंह मल्लले अभिलेख अनुसार सिद्धिनरसिंहको स्वभाव पहिले देखिने धार्मिक थियो । राजकाजबाट मुक्त भएर राजर्षि बनेपछि पोखरी बनाएकोमा त्यसलाई भण्डार खालको रूप दिईएको उल्लेख छ ।

भण्डारखालको रूप दिईएपछि उनले भण्डारखाल र त्यहा बाँधेको नियम उल्लिखित अभिलेखमा कुदाएका थिए । भण्डारखाल भित्र रहेको उक्त धारा र पोखरीको मुख्य प्रयोजन दशैँको महानवमीको दिन पूजाका लागि चोखो पानी लिने र खड्गहरू पखाल्ने थियो । यो बाहेक उक्त धारा पोखरीमा सर्वसाधारणलाई नुहाउन मनाही गएिको थियो । त्यति बेला भण्डारखालमा धान निफन्न, फोहर मैला फाल्न र थोत्रा कपडा फाल्न मनाही गरिएको थियो । भण्डारखाल धारा र पोखरीमा राजा वाहेक अरूले जुत्ता लगाएर गर्न नपाईने व्यवस्था थियो । त्यस्तै रानी वाहेक अरू महिलाहरू भण्डारखालमा पस्न पाईदैनथ्यो । तर आवस्यक परेमा उपाध्याय, गुरूहरू र वाह्मणी सम्मले नुहाउन पाईन्थ्यो ।

७ भण्डारखाल बगैचा
सिद्धिनरसिंहले भण्डार खालमा भुगोल भुगोल पनि बनाएका थिए । भण्डारखाल बैँगचाको रेखदेखको लागि बैँगचा क्यावनायक नियुक्त गरिएको थियो । ती बैँगचा पालना गर्नु पर्ने नियमहरू अभिलेखमा उल्लेख छ । उक्त भण्डारखाल बगैचामा फुलेका फूलहरू इष्टदेवतालाई चढाउनका लागि मात्र थिए । बगैँचा नाईकेले ती फूल बेच्न बाहिर लैजान पाईदैनथ्यो । बगैँचा भित्रका सुकेका काठ आदि बस्तु सम्म पनि त्यहाका बाहिर लान पाईदैनथ्यो । बगैँचा नाइकेले वगैँचालाई सफा राख्न पथ्र्यो, फोहर मैला गर्न पाईदैनथ्यो ।

पाटन संग्रहालयमा संग्रहित वस्तुहरूः


पाटन संग्रहालयको मुख्य भवन तत्कालिन राजा सिद्धि नरसिंह मल्लले १७३४ मा निर्माण गरेका थिए । केशव नारायण चोकको नाम देखाएको प्रांगणको बिचमा रहेको मिन्दरको नामबाट राखेको हो । संग्रहालयको प्रदर्शनीकक्षमा सातौ शताब्दीको मध्येदेखि १९ औं शताब्दिको उत्तारार्ध सम्मका ढुंगाका शिलालेख र मूर्ति कुदिएको शिलालेखहरू संग्रहित गरिएका छन् ।संग्हालयको कक्षलाई निम्न प्रदर्शनी कक्षमा विभाजन गरी एतिहासिक तथा प्रशतात्विक वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।
१. प्रदशनी कक्ष “ए”
२. प्रदर्शनी कक्ष “बी”
३. प्रदर्शनी कक्ष “सी”
४. प्रदर्शनी कक्ष “डी”
५. प्रदर्शनी कक्ष “इ”
६. प्रदर्शनी कक्ष “एफ”
७. प्रदर्शनी कक्ष “जी’
८. प्रदर्शनी कक्ष “एच”
९. प्रदर्शनी कक्ष “एम”
१. प्रदर्शनी कक्ष “ए”

प्रारम्भिक प्रदर्शनी कक्ष “ए’ ले प्रदर्शनी कक्षको बारेमा जानकारी प्रदान गर्दछ । यो कक्षमा हिन्दु र बौद्ध देवी देवताहरूको मूर्तिहरू संक्षिप्त वर्णन सहित राखिएको छ । साथै यो कक्षमा देवीदेवताहरूको सांकेतिक आकृति, तिनीहरूका हात र शरीरका मुद्राहरू, तिनीहरूका गरगहना पोशाक र आसन प्रदर्शित गरिएका हात छन् । त्यस्तै प्रदर्शनी कक्ष “ए” मा अ.स.नं. २०३ मा शाक्य मुनि बुद्धको दोहोरो पद्मपीठ माथि ध्यान आसनमा रहेको, एकोहोरो पद्मपीठ माथि ध्यान आसनमा रहेको अ.स.नं. ३०८ मा एकोहोरो पद्मपीठ माथि ध्यान आसनमा धर्मचक्र मुद्रामा रहेको तामाको पिटेर बनाइएको, अभिलेख संख्या नं. ३१० मा एकोहोरो पद्मपीठ माथि ध्यान आसनमा धर्मचक्र मुद्रामा रहेको तामाको पाता पिटी बनाइएको शाक्य मूनि बुद्धको मूर्ति, अ.स.नं. ४५८–१ मा २२.४ से.मि. अग्लो हँसिलो गद्दिसिन प्रलम्ब पदासनमा रहेको मैत्रेय बुद्धको मूर्ति, अ.स.नं. २५० मा २३ से.मि. अग्लो दोहोरो पद्मपीठमा ललितासनमा रहेका हरित ताराको मूर्ति रहेको अ.स.न.मा ४७९ मा सुवर्ण लेपन गरिएको पद्मपीठ माथि पद्मासनमा रहेको अ.स.नं.मा ४७९ मा दोहोरो पद्मपीठ माथि पद्मासनमा रहेको सुवर्णले लेपन गरिएको मूर्ति, अ.स.नं. ४७० सुवर्ण लेपन गरिएको एक मुख र छ हात एवं एकोहोरो पद्मपीठ माथि ललितासनमा बसेको बसुन्धाराको मूर्ति, अ.स.नं. ४९२ मा एकोहोरो पद्मपीठमा उतानो शवमाथि टेकी उध्र्वपादासनमा रहेको, अ.स.नं. ३५१ मा एकोहोरो पद्मपीठमा घोप्टो परेको वस्त्र रहित शवमाथि उध्र्वपादासनमा रहेको ब्रजयोगिनीको मूर्ति, १५५ मा एक मुख, त्रि नेत्र, दुईहात र एकोहोरो फर्केको पद्मपीठमा नृत्य मुद्रामा रहेको डाकिनीको मूर्ति, अ.स.नं. ३२१ मा दोहोरो पद्मपीठमाथि बज्रपयङ्कासनमा रहेको मूर्ति, अ.स.नं. १९४ मा एकोहोरो पद्मपीठमा उभिएको एकादश लोकेश्वरको मूर्ति, अ.स.नं. १२७ मा ढलौटबाट निर्मित बज्रपाणिको पद्मपीठ माथि प्रत्यालिदासनमा रहेको, अ.स.नं. ४९३ मा १५.८ से.मि. अग्लो बज्रपाणिको हावादारी मूर्ति घोप्टिएको पद्मपीठमाथि आलिदासनमा रहेको बज्रपाणीको मूर्ति रहेका,े अ.स.नं. ३५५ मा आसन माथि त्रिभङ्ग मुद्रामा उभिएको मञ्जुश्रीको मूर्ति, अ.स.नं. १५५ मा शलिन र हँसिलो मुखाकृति भएको दोहोरो पद्मपीठ माथि पद्मासनमा रहेको मञ्जुबज्रको मूर्ति, अ.स.नं. ३४७ मा एक शिर र १२ हात रहेको नाम संगीतीको मूर्ति, अ.स.नं. ३१३ मा आँ गरेर आकासतिर फर्केको शिरमा मुकुट, कानमा कुण्डल, गलामा हार र मुण्डमाला रहेको बज्रडाँकको मूर्ति गरि विभिन्न मुद्राका बौद्ध मूर्तिहरू रहेका छन् । प्रदर्शनी कक्ष “ए” मा पाँच वटा शोकेस (दराज) हरू राखीएका छन् । तिनीहरूको आकार अनुसार प्रत्येकमा ४ देखि ११ वटा सम्म मूर्तिहरू मिलाएर राखिएका छन् । प्रदर्शनी कक्ष “ए” मा यी पाँच वटा शोकेसका अतिरिक्त भित्तामा तिनवटा खोपाहरू रहेका छन् । ग्यालेरी ए बाट बाहिर निस्किने ढोकाको भित्ता खोपेर शोकेस बनाइएको छ । यसमा नेपाली परम्परागत तेल बत्ती (दलु) राखिएका छन् , यस तेल बत्तीमा वि.सं. १९९४ मा बनेको कृष्ण मन्दिरको प्रतिकृति उतारेको देखिन्छ । यसमा पनि २१ वटा नै गजुर बनाइनुका साथै माथिल्लो गजुरबाट चारवटा सर्पहरू तलतिर झुण्डिरहेका छन् । सो तेल बत्ती मा देखाइएको दोस्रो तल्लाको कौसीको चारै कुनामा चारवटा सिंहहरू बनाइएका छन् । त्यस्तै प्रदर्शनी कक्ष “ए” मा अ.स.नं. १५२ मा १७.५ से.मि. अग्लो यम, अ.स.नं. ५३५ मा २८ से.मि. अग्लो आदिनाथ, अ.स.नं. ८३ मा ८.४ से.मि. अग्लो कृष्ण, अ.स.नं. ३२३ मा १७.५ से.मि. अग्लो इन्द्र को मूर्तिहरू रहेका छन् भने अ.स.नं. ४२३ मा ३५.२ से.मि. अपरिचित देवताको पवित्र स्थान, अ.स.नं. ७६७ मा २.६ से.मि. अग्लो शिवलिङ्ग, अ.स.नं. ७७८ मा १० से.मि. अग्लो शालिग्राम, अ.स.नं. ३७४ मा ३.९ से.मि. अग्लो पवित्र पूर्णकलश, अ.स.नं. ५७५ मा १२ से.मि. अग्लो रहस्यात्मक यन्त्र र कलश, अ.स.नं. ४७८ मा ९.५ से.मि. अग्लो मञ्जुबज्र, अ.स.नं. २१९ मा १२ से.मि., अग्लो चिन्न नसकिएको देवता, अ.स.नं. २०२ मा ३५ से.मि. अग्लो प्रतिकात्मक कमलको फूल र अ.स.नं. १४ मा २६ से.मि. अग्लो तेल बत्ती (दलु) रहेका छन् ।

२. प्रदर्शनी कक्ष “बी” ः–
पाटन संग्रहालयको प्रदर्शनी कक्ष ‘बी’ को ३ वटा कक्ष मध्य एउटा प्रदर्शनी कक्ष हिन्दु धर्मसँग सम्बन्धित छ । उक्त प्रदर्शनी कक्षमा भगवान शिव र उनको अर्धाङ्गिनी पार्वती, र हात्तिको टाउको रहेका गणेश भगवानलाई प्रदर्शित गरिएको छ । यस कक्षको मुख्य आकर्षणको रुपमा पहिले हराएको र पछि सन् १९९० मा वर्लिनको संग्रहालयबाट लिएर राखिएको इश्वरीय जोडीको ढुङ्गाको मूर्ति हो । प्रदर्शनी कक्ष बी मा शिव तथा गणेशसँग सम्बन्धित कलाहकृतिहरूका पाँचवटा शोकेसहरू र खुल्ला रुपमा कलाकृतिका सामानहरू प्रदर्शनमा राखिएका छन् । यस कक्षको सुरुको खुल्ला भागमा उमा महेश्वरको मूर्ति राखिएको छ । यस मूर्तिमा शिव ललितासनमा वसी एक हातले उमालाई प्रेम पूर्वक सुम्सुम्याई रहेका छन् । अ.स.नं. ८०८ मा रहेको उक्त मूर्ति ६२.४ से.मि. अग्लो छ । त्यस्तै अ.स.नं. ५३ मा २७.५ से.मि. अग्लो शिवको डरलाग्दो रुप भैरवको शिरको मूर्ति, अ.स.नं. ३५१ मा ६९ से.मि.अग्लो शिवको डर लाग्दो रुप भैरवको मूर्ति, ५१३ मा १९१.५ से.मि. शिवका भक्तहरूको मूर्ति, अ.स.नं. ५०९ मा १९.५ से.मि. अग्लो प्रेमलाप गरि बसेको शिवपार्वतीको मूर्ति, अ.स.नं. ३७५ मा २५.५ से.मि अग्लो वा विरुपाक्षको माटोको मूर्ति, अ.स.नं. ४६ मा २२.५ से.मि. अग्लो तामाको केही कम डरलाग्दो भैरवको मूर्ति, अ.स.नं १२ मा १५.२ से.मि. अग्लो शिव शक्तिको प्रतिक लिङ्ग, अ.स.नं. ४१७ मा ३२.५ से.मि. अग्लो तेजोपुञ्ज सहितको लिङ्ग मूर्ति, अ.स.नं. ५०४ मा चर्तुमुखी शिव लिङ्गको मूर्ति, अ.स.नं. ५३ मा ७.२ से.मि. अग्लो चर्तुमुखी शिवलिङ्गको मन्दिर मूर्ति, अ.स.नं. ५५ मा ४८ से.मि. अग्लो (खुट्टाको भाग वाहेक) गाई र बाच्छा अंकित शिवलिङ्ग सहितको अभिलेख अ.स.नं. ६५९ मा ५४.५ से.मि. अग्लो चर्तुमुखी शिव लिङ्गको प्रतिक, अ.स.नं. ३८३ मा १२.२ से.मि. अग्लो आरामदायी मुद्राको, अ.स.नं. ५६ मा १७ से.मि. अग्लो खुट्टा बंग्याएको असाधारण मुद्राको, अ.स.नं. ३७४ मा ३२.३ से.मि. लामो पहिरन, मुकुट र गरगहना लगाएको, अ.स.नं. ३३१ मा १७.९ से.मि. अग्लो ६ शिर र १२ हातहरू रहेको २८.८ से.मि. अग्लो, अ.स.नं. ४११ मा ९ से.मि. अग्लो सानो आकृतिको र २०.६ से.मि. अग्लो नरमुण्डले सिंगारिएको र मुकुट र कम्मरमा नागको पेटी लगाएको गणेशको मूर्तिहरू प्रदर्शनी मा राखिएका छन् । त्यसै प्रदर्शनी कक्ष “बि” मा नै अ.स.नं. ६०१ मा ५५ से.मि. लामो गणेशको वाहन मुसाको मूर्ति, अ.स.नं. ३५६ मा ४०.८ से.मि अग्लो र अ.स.नं. ३४१ मा १६.२ से.मि. अग्लो वत्ती दियो रहेका छन् ।

३. प्रदर्शनी कक्ष “सी” ः
प्रदर्शनी कक्ष “सी” छुट्टै शोकसहरू नराखेर भित्ताका खापाहरूलाई शोकेसको रुपमा प्रयोग गरिएको छ । यस कक्षको बीचमा एउटा खम्बा जस्तो पर्खाल निकाली त्यस माथि विष्णुका मूर्तिहरू राखिएका छन् । दुवै विष्णुका मूर्तिहरू स्वरुपमा एकरुपता देखीए पनि आकार तथा निर्माण मितिमा भने भिन्नता छ । यी दुवै मूर्तिहरूमा विष्णु आफ्नी पत्नी लक्ष्मी र वाहन गरुड को बिचमा पूर्ण फक्रिएका कमलमा उभिएका छन् । प्रदर्शनी कक्षमा हात्तीको दाँत जस्तै पहेलो सेतो कासको ऐना र पाटनको राजाको सुनौलो राजगद्दी र थाङ्काहरू राखिएका छन् । प्रदर्शनी कक्ष अ.स.नं. २८६ मा ८२.५ से.मि. अग्लो, अ.स.नं. ३५ मा ३७.६ से.मि. अग्लो, अ.स.नं. २८३ मा ५४.४ से.मि. अग्लो, अ.सं.नं. ३३४ मा ३०.५ से.मि. अग्लो गरुडासनमा रहेको, अ.स.नं ३५४ मा २५ से.मि. अग्लो गरुडासनमा बसी बाँसुरी बजाइरहेका विष्णुका मूर्ति रहेका छन् । त्यस्तै प्रदर्शनी कक्ष “सी” मा अ.स.नं. १०२ मा ४६ से.मि. अग्लो स्वर्गका सङ्गीतकार नारद, अ.सं.नं. ३९० मा १७.५ से.मि. अग्लो र अ.स.नं. ४०४ मा २३.७ से.मि. अग्लो, लक्ष्मिनारायणको मूर्ति, अ.सं.नं. ३४ मा २९.५ से.मि. अग्लो, नारीको श्रृंगारको ऐना, अ.सं.नं. ६९ मा ८.५ से.मि. (व्यास) को श्रृंगारको बाकस, अ.सं.नं. ४९४ मा ६.६ से.मि. अग्लो सिंहका मूर्तिहरू रहेका छन् । त्यस्तै प्रदर्शनी कक्ष “सी” मा १६४×१४१ से.मि.को भगवान कृष्णको दैवी लीला, अ.स.नं. ५७८–१ र ५७८–२ मा १२७.५ से.मि. लामो उत्सवका ढाल र दन्डहरू, १८८ से.मि. अग्लो पाटनका राजाहरूको गद्दि जुन नेपालसँग ७८७ साउन कृष्ण अष्टमी, वृहस्पतिबार (अगष्ट ८, १६६६) मा राजा श्रीनिवास मल्ललाई चढाइएको थियो ।) र राजा श्री निवास मल्लको पाला (वि.सं. १७१८–१७४१) बाट शुरु गरिएको ज्येष्ठ महिनाको चन्द्रमासको दिन कृष्ण मन्दिर अगाडी वार्षिक रुपमा देखाइने राजगद्दी र कृष्ण मन्दिरको चित्र रहेको छ ।

४. प्रदर्शनी कक्ष “डी” ः
प्रदर्शनी कक्ष “डी” मा हिन्दु धर्म र तन्त्र सम्बन्धी वस्तुहरूको प्रदर्शनीमा राखिएको छ । त्यहाँ प्रदर्शनमा राखिएका वस्तुहरू प्राचिन वैदिक देवीदेवता र हालैका स्पष्ट रुपले देखिने इन्द्रका ३ वटा मनमोहक मुकुण्डोहरू, देवी सिद्धिलक्ष्मीको मूर्ति र एघारौ शताब्दिका भाडावर्तनहरू समेत मुख्य आकर्षणका रुपमा रहेका छन् । प्रदर्शनी कक्ष “डी” मा पहिलो शोकेसमा एघार वटा तामाको पाटा पिटी उठाइएको र सुवर्ण लेपन गरि बनाइएका मूर्तिहरू छन् । हिन्दु देवी देवताको प्रतिनिधित्व गर्ने यी मूर्तिहरू एघारौ शताब्दी तिरका माीनएका छन् । प्रदर्शनी कक्ष “डी” मा अ.स.नं. ४६०, ६३४, ६३५, ६३६, ६३८, ६३९, ६४० देखी ६४४ मा सुनको जलप लगाएको मूर्तिको संग्रह छ भने, अ.सं.नं. ५८१ मा २९.७ से.मि. लामो र अ.सं.नं. २३ मा १४.३ से.मि. र अ.स.नं. ५३४ मा १७.३ से.मि. लामोे र अ.स.नं. ५३४ मा १७.३ से.मि. लामो इन्द्रको मूर्ति, अ.स.नं ५२६ मा ७७.२ से.मि. लामो सूर्यको, अ.स.नं. ३३५ मा ५५ से.मि. अग्लो चन्द्रमाको मूर्ति, अ.स.नं. २३४ मा ४० से.मि. लामो सिद्धि लक्ष्मीको, अ.सं.नं. ५८९ मा ३८.८ से.मि. लामो हनुभैरवको मूर्ति, अ.स.नं. ५९८ मा ५१.८ से.मि. लामो हनुभैरवको मूर्ति, अ.स.नं. ३०२ मा ११.८ से.मि. लामो हनुभैरव र अ.स.नं. ७७१ मा रहस्य तन्त्र संवन्धि हस्त लिखित ग्रन्थहरू रहेका छन् ।

४. प्रदर्शनी कक्ष ई ः
प्रदर्शनी शाखाहरू र बुद्ध धर्म संवन्धि कला वस्तुहरू राखिएका छन् । जसमा ११ औ र १२ औ शताब्दीका भारतमा बनेको काँसका मूर्तिहरू पनि प्रदर्शित गरिएका छन् । त्यस्तै बौद्ध धर्मका चैत्य, स्मारक र बौद्धनाथको प्रतिमा राखिएका छन् । अ.स.नं. ६१४ मा ध्यान आसनको ४८.२ से.मि. अग्लो १२ औं शताब्दिको, अ.स.नं. ३९१ म सिंहासनमा ध्यान मुद्रामा रहेको ३७.३ से.मि. अग्लो १३–१४ औ शताब्दीको शाक्यमूनि बुद्धको मूर्ति, अ.स.नं. २४७ मा पद्मपीठ माथि पद्मासनमा बसेको अक्षोम्यको मूर्ति, अ.स.नं. ४४६ मा १५.१ से.मि. लामो पद्मपीठमाथि पद्मासनमा बसेको रत्न संभवको मूर्ति, अ.स.नं. ४८५ मा दोहोरो पद्मपीठमाथि पद्मासनमा बसेको अमिताभ बुद्धको मूर्ति, अ.स.नं. ३४४ मा एक मुख, दुई हात भएको ७१ से.मि. अग्लो १७–१८ शताब्दीको दीपंखर बुद्धको मूर्ति, अ.स.नं. ३२० मा ५५.२ से.मि. अग्लो दोहोरो पद्मपीठमाथि पद्मासनमा बसेका,े अ.स.नं. ४५८–२ मा एकोहोरो पद्मपीठमा बनाइएको गद्दीमाथि रहेको कमलमा प्रलम्बपादासनका रहेको १८.१ से.मि. अग्लो मैत्रेय बुद्धको मूर्ति, अ.स.नं. ६२४ मा दोहोरो पद्मपीठमाथि पद्मासनमा रहको १८.१ से.मि. अग्लो १६ औ शताब्दीमा तिब्बतमा निर्मित, अ.स.नं. २३७ मा तिब्बतमा निर्मित, अ.स.नं. २३७ मा पद्मासनमा रहेको ५०.९ से.मि.को १७ औं शताब्दीमा तिब्बतमा निर्मित र अ.स.नं २४४ मा ढलौटबाट निर्मित दोहोरो पद्मपीठ माथि पद्मासनमा रहेको २६.२ से.मि. अग्लो १७ औ शताब्दीमा निर्मित पद्म संभवको मूर्ति , अ.स.नं. ४२३–३ मा दोहोरो पद्पीठ माथि बज्रपर्यङ्गासनमा रहेको १८.७ से.मि. अग्लो १७–१८ औं शताब्दीमा नेपालमा निर्माण गरिएको उष्णीष विजयको मूर्ति रहेका छन् ।

६. प्रदर्शनी कक्ष “एफ” ः
पाटन संग्रहालयको प्रदर्शनी कक्ष “एफ” मा बुद्ध धर्म र चैत्यमा जोड दिइएको प्रदेशनीहरू राखिनुका साथै यो प्रदर्शनी कक्षमा प्रत्यक्ष उदाहरण सहितका विभिन्न रुपमा शान्त, हिंसात्मक, आत्मिक निर्देशनहरूबाट मोक्ष÷ मुक्ति र बुद्धत्व तिर मानवहरूलाई उद्धत बनाउने मूर्तिहरू रहेका छन् । पाटन संग्रहालयको प्रदर्शनी कक्ष “एफ” मा अभिलेख संख्या नं. १३३३ मा २१.८ से.मि. उचाइको दोहोरो पद्मपीठमाथि बज्रपर्यङ्गासानमा रहेको मैत्रेय बुद्धको मूर्ति, अभिलेख संख्या नं. ५९३ मा हँसिलो मुखाकृति भएको एकोहोरो पद्मपीठमा त्रिभङ्गापादासनमा रहेको १८ से.मि. अग्लो ताराको मूर्ति अभिलेख संख्या नं. ४५९ मा १६.८ से.मि. अग्लो मानवाकृति भएको एकोहोरो पद्मपीठमा तलितासनमा ताराको मूर्ति, अभिलेख नं. ४४८–१ मा २५.२ से.मि. उचाईको ढलौटमा सुवर्ण लेपन गरिएको दोहोरो पद्मपीठलाई माथि पद्मासनमा १७ औं शताब्दीतिर शताब्दीमा निर्मित सप्तलोचनी ताराको मूर्ति, अभिलेख संख्या नं. ३८४ मा एक मुख र हात रहेको तिासनमा रहेको बसुन्धाराको १४.८ से.मि. १२–१३ औं शताब्दीमा नेपालमा निर्मित मूर्ति, अभिलेख संख्या नं. ४८१ मा एक मुख, छ हात एवं ललितासनमा रहेको ८.८ से.मि. अग्लो बसुन्धाराको मूर्ति रहेको छ ।
संग्रहालयको अभिलेख संख्या ४५४ मा शवको छातीमा अर्धपर्यङ्कमा नृत्य मुद्रामा १५ से.मि. अग्लो नैरात्माको मूर्ति, अभिलेख संख्या नं. ४६ मा शवको छातीमा अर्धपर्यङ्कमा नृत्यमुद्रामा १२ से.मि. अग्लो बज्रवाराहीको मूर्ति, अभिलेख संख्या नं. ५३० मा एकोहोरो पद्मपीठमा सिंह माथि ललितासनमा ६ से.मि. अग्लो सिंहनाथ लोकेश्वरको मूर्ति, अभिलेख संख्या नं. ३५० मा दोहोरो पदमासनमा त्रिभङ्गासनमा १९.१ से.मि अग्लो १२–१३ औं शताब्दीमा नेपालमा निर्माण भएको पद्मपाणी लोकेश्वरको मूर्ति, अ.स.नं. २८ मा पद्मपीठमा बाँया घुँडा मोडिएर स्थानकासनमा ८२.५ से.मि. अग्लो १६–१७ औं शताब्दीमा नेपालमा निर्माण भएको पद्मपाणि लोकेश्वरको मूर्ति, रहेको अभिलेख ३६७ मा दोहोेरो पद्मपीठमा शवमाथि टेकी आलिढासनमा रही २० से.मि. ढलौटको बज्रपाणीको मूर्ति, अ.स.नं. ४७१–७ मा दोहोरो पद्मपीठ माथि आलिढासनमा ब्रजपाणिको १७.४ से.मि. १७ औं शाताब्दिको मूर्ति, अभिलेख संख्या नं. ५४४ मा एकोहोरो पद्मपीठमाथिको अलिढासनमा रहेको बज्रपाणीको १९ औं शताब्दीमा निर्मित मूर्ति, अभिलेख संख्या नं. ४८० मा दोहोरो पद्मपीठमाथि त्रिभङ्ग मुद्रामा मञ्जुश्रीको १७.१ से.मि. अग्लो, १३–१४ औं शताब्दीमा तिब्वतमा निर्मित मूति, अभिलेख संख्या नं. २४३ मा दोहोरो पद्मपीठ माथिको पद्मासनमा रहेको ३१.९ से.मि. अग्लो १७ औ शताब्दीमा निर्मित बज्रधरको मूर्ति, अभिलेख संख्या नं. ४९ मा एकहोरो घोप्टिएको पद्मपीठमा उत्तानो शवमाथि आलिढासनमा १९.७ से.मि. अग्लो चिन्न नसकिएको महांकाल मूर्ति, अभिलेख संख्या नं. ३१६ मा सिंहासन सहितको आधार माथि दोहोरो पद्मपीठमा पद्मासनमा रहेको ३४ से.मि. अग्लो ब्रजसत्व र प्रज्ञाको मूर्ति, अ.स.नं. ८७ मा ढलौटमा सुवर्ण लेपन गरि बनाइएको पद्मपीठमाथि स्त्री आकृतिमा आलिढासनमा अभिलेख संख्या नं. ३१२ मा १४.४ से.मि. अग्लो एकोहोरो पद्मपीठमा लासमा बसेको महिषमा अलिदासनमा यम र उनको शक्ति रहेको छ ।

७. प्रदर्शनी कक्ष “जी”
प्रदर्शनी कक्ष “जी” मा धातुका भाँडावर्तन बनाउने कार्य प्रदर्शन गरिएको छ । उक्त कक्षमा धातुका भाडावर्तन र मूर्ति बनाउँदाका विभिनन चरणहरू उल्लेख गरिएको छ । त्यस्तै धातुको पातालाई हथौडाले पिटेर विभिन्न आकृति बनाइएकोे कुरा यहाँ देखाइएको छ । साथै प्रर्दशनीमा प्रारम्भिक रुपमा सिसा कलमले चित्र गरेको देखि लिएर धातुका कलात्मक वस्तुहरू तयार पारेको कुरा प्रदर्शित गरिएको छ । प्रदर्शनी कक्ष “जी” मा अभिलेख संख्या नं. ४०१ मा ४३ से.मि. देवताका हातहरू प्रदर्शनमा राखिएको छ । जस्तै अभिलेख संख्या नं. ३५७ मा औ १८ औं शताब्दीमा नेपालमा बनेको तामा , सुवर्ण लेपन र रङ्गले बनाइएको ७५.८ से.मि. अग्लो शाक्यमुनि बुद्धको मूर्ति, मैन हराउने प्रविधिबाट बनाइएका केही महत्वपूर्ण मूर्तिहरू, धातुको पाता पिटी बनाइएका मूर्तिहरू अभिलेख संख्या नं. १९२ मा ३८.८ से.मि. अग्लो १७ औं १८ औ शताब्दीमा नेपालमा बनेका देवताको प्रभामण्डल, अभिलेख संख्या नम्बर ५३७ मा ४५.८ से.मि. को वि.सं १८८८ मा स्थापना गरिएको एक देवमूर्ति, अभिलेख संख्या नं. १८८ मा ३५.६ से.मि. अग्लो १६ औं शताब्दीमा नेपालमा बनेको सिंहासनासीन कुनै देवताको पछिल्लो भाग, अभिलेख संख्या नं. ७२३ मा धातुकर्मीहहरूको १८ औं शताब्दीको निर्देशिका पुस्तक, अभिलेख संख्या नं. ३९८ मा १७, १८ औ शताब्दीको ५० से.मि. लामो अवलोकितेश्वरको शिर विहिन शरीर, अभिलेख संख्या नं. ७७४ मा १११ से.मि. अग्लो मन्दिरको गजुर संग्रहित गरि प्रदर्शनीमा राखिएका छन् ।

८. प्रदर्शनी कक्ष “एच” ः
पाटन संग्रहालयको प्रदर्शनी कक्ष “एच” मा हेनरी ए. ओल्डफिण्ड ले पानी रङ्गमा पुनः प्रिन्ट गरेका र अष्ट्रियाको भियनाको भोल्करकुण्ड संग्रहालयमा भेटिएका प्राचिन चित्रहरूको प्रदर्शनी गरिएको छ । गुष्टेभ लि बोन (१८८५) ले बनाएका चित्राङ्कनमा आधारित फोटोहरू भने पश्चिमी शाखाको माथिल्लो तलामा स्थानान्तरण गरिएका छन् ।

९. प्रदर्शनी कक्ष “एम” ः
पाटन संग्हालयको प्रदर्शनी कक्ष “एम” मा अभिलेख संख्या नं. ७७२ मा हस्तनिर्मित कागज मसि र तेल रङले निर्मित भक्तपुर बनेको १७ औं – १८ औ शाताब्दीमा बनेको हिन्दु तन्त्रविद्याको चरित्र हस्तलेख प्रदर्शित गरिएको छ । यो हस्तलेखनको पाताहरू “ठ्यासफू” भनेर चिनिने स्वरुपमा पल्टाउन मिल्ने गरी पट्याइएका छन् । यो लेख निम्न स्तरको संस्कृतमा विन्यास गरिएको र नेवारी लिपिमा लेखिएको छ । मिति उल्लेख गरिएको छैन । परम्परागत रुपमा एउटा दीक्षित धार्मिक समुदायको रुपमा यो निर्देशिका राम्रो सँग मन्त्रदान गरेको मनिसले मात्र देख्न सक्तछ । तर अहिलेको यो आधुनिक संसारमा यो हस्तलेखन, जुन पहिला गोप्य थियो , सार्वजनिक प्रभुत्वमा आएको छ ।

निष्कर्ष ः
पाटन संग्रहालय वर्षेनी ऐतिहासिक प्रमाणलाई र धार्मिक विश्वासलाई आत्मसात गर्ने सैयौ आन्तरिक र वाह्य पर्यटकहरूको आकर्षक गन्तव्यको रुपमा रहि आएको छ । पाटन संग्रहालयमा हिन्दु र वौद्ध धर्मका देवी देवता र ऐतिहासिक पुरातात्विक वस्तुहरू अनुपम संग्रह भएको महत्वपूर्ण पर्यटकीय स्थल हो । पाटन संग्रहालयले पाटन शहरको प्राचिन ऐतिहासिक धार्मिकतालाई संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । पाटन संग्रहालयमा संग्रहित वस्तुहरूको सुन्दरता र ऐतिहासिक तथ्य तथ्याङ्कलाई अध्ययन अवलोकन गर्न वर्षेनी हुने हजारौ पर्यटकहरूको आगमनले समग्रमा नेपाली अर्थतन्त्रलाई नै टेवा पु¥याएको छ भन्दा अत्युक्ति नहोला । त्यस्तै पाटन संग्रहालय युनेस्कोबाट विश्व सम्पदा सुचीमा सूचीकृत स्थल पाटन दरवार स्क्वाएरमा अवस्थित भएकाले विश्व समुदाय माझ समेत पर्यटकिय स्थलको रुपमा पाटन दरवारको महत्व दर्शिएको छ ।

लेखक त्रिभुवन विश्वविध्यालयबाट स्नातकोत्तर तह ९एम ए० प्रथम श्रेणीमा उत्तीर्ण गर्नु भएका बुढाथोकी अधिवक्ता हुनुहुन्छ ।

सम्बन्धित खवर

Back to top button