कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकबाट बाहिरिए

 

काठमाडौं  २०७७, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाहिरिएका छन्।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। उक्त बैठकमा करिब एक घण्टा बसेर देउवा निस्केका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति द्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा.प्रकाशशरण महत भने  बैठकमै छन्।

‘सभापति ज्यु घरायसी कामले गर्दा बैठकबाट निस्कनु भएको हो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘बैठकमा रामचन्द्र पौडेल लगायत नेताहरु हुनुहुन्छ।’

सम्बन्धित खवर

Back to top button