‘र’ को डिजाइनमा ‌ओलीको गद्दारी, संसद पुनःस्थापना हुनसक्ने, कम्युनिष्ट सत्तालाई बदनाम गर्ने षड्यन्त्र

काठमाडौं, ६ मंसिर : एकाएक संसद भंग भएपछि विकसित राजनीतिक घटनाक्रमबाट विभिन्न आशंकाहरुको जन्मिएका छन्। यसैक्रममा  राजनितिक जानकारहरुको ठूलो हिस्साले ओलीको गैर सम्बैधानिक कदम नेपालमा  कम्युनिष्ट सत्तालाइ बदनाम गरेर चिनको प्रभाव कम गर्ने भारतीय सत्ताको हर्कत अनुसार वलिले उक्त हर्कत गरेको उनिहरुको  ठहर छ । राजनीतिक विश्लेष डा. सुरेन्द्र के.सी ले ओलीले कुनैपनि बेला संसद विगठन गर्ने कुरा २ वर्ष पहिलै बताइ सकेका थिए ।

मुख्यतः भारतीय सत्ताले नेपालमा कहिल्यै पनि स्थिरता रहन दिदैन जसको परिमान स्वरुप नेपालमा जस्तो सुकै सरकारले पनि हार बेहोर्नु परिरहेको बिगत ताजै छ ।

यसैबिच संसद पुनःस्थापना हुनसक्ने सम्भावना पनि रहेको चर्चा चलिरहेको छ । सभामुख सापकोटाले यसविषयमा ब्यापक छलफल गरिरहेका छन्। संविधानको व्यवस्था अनुसार सर्वोच्च अदालतले पनि  वलिको कदम रोक्न सक्ने सहजबाटो छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज  बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन्। हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। भोलि बस्ने केन्द्रीय समितिको बैठकले कस्तो खालको कारवाही गर्ने भन्ने निर्णय गर्नेछ। त्यसअघि ओली आफ्नो रणनीति बनाउन छलफलमा जुट्न लागेका हुन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका सांसदहरुसँग परामर्श गर्दै छन्।  दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई छलफलका लागि बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button