सामाजिक सञ्जाल मार्फत भ्रष्टाचारको भण्डाफोर


जाजरकोट, ९ पौष : जिल्लाको एक विद्यालयमा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै स्थानीय युवाहरुले सामाजिक सञ्जाल मार्फत भण्डाफोर गरेका छन् । श्री इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय-६ थालारैकरमा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै स्थानीय युवाहरुले सामाजिक सञ्जाल मार्फत भण्डाफोर गरेका हुन् ।
युवाहरुले एक फेसबुक पेज मार्फत शैक्षिक गुणस्तरमा कमी आउनुका साथै भ्रष्टाचार तथा अनियमितता भएको भन्दै इन्द्रज्योति माविका प्रध्यानाध्यापक निमबहादुर खत्री माथि प्रहार गरेका हुन् । उनका भ्रष्टाचार तथा अनियमितताको फेहरिस्तलाई सामाजिक सञ्जाल मार्फत पर्दाफास गरिएको छ ।




‘शिवालय गतिविधि’ नामक फेसबुक पेजले शिवालयभित्रका सम्पूर्ण गैरजिम्मेवार र गैरकानूनी क्रियाकलापहरुको पर्दाफास गरेको छ । विद्यालय जस्तो पवित्र संस्थामा चरम लापर्वाहीका कारण विद्यार्थीको भविष्यमा खेलवाड भएको उक्त गतिविधिमा उल्लेख छ ।

उक्त इन्द्र ज्योति मा वि.मा. विद्यालय ब्यवस्थापन समितिको कार्यकाल सकिदा पनि फेरबदल नगरेरै प्रधानध्यापकले मनपरी ढङ्गबाट काम गर्दै आएको गतिविधिको आरोप छ। जहाँ विब्यस अध्यक्ष शेरबहादुर खत्री ले १ वर्ष अगाडि नै राजीनामाको पत्र बुझाएको शिवालय गतिधिले खुलासा गरेको हो ।

नि:शुल्क हुने कामहरुलाई पनि मनपरी शुल्क लिने गरेको बताइएको छ । विद्यार्थीहरुको प्रमाणपत्र (मार्कशिट, क्यारेक्टर तथा सर्टिफिकेट)हरुमा फरक-फरक ग्रेडिङ्ग भएको तथा जन्म मिति समेत फरक पारिदिएको गतिविधिद्वारा प्रकाशित सवालमा उल्लेख छ । जागीरका लागि पेस गरिएका प्रमाणपत्र कानूनसँगत नभएपछि जाजरकोटदेखि काठमाडौंसम्म पुगेका विद्यार्थी रित्तो हात घर फर्किन बाध्य भएको जनाइएको छ ।

विद्यालयका लेखापाल शेरबहादुर शाही कार्यालयमा हाजिर नभएरै तलब भत्ता बुझ्ने गरेको आरोप छ । गतिविधिका अनुसार “लेखापाल शाही पालिकाको केन्द्र स्थित ‘शिवालय’ नामक होटल सञ्चालकको रुपमा रहेका छन् । यस्तै उनी ठेक्कापट्टा समेत गर्दै आएका छन् ।
भ्रष्टचार विरुद्ध शिवालय गतिविधिको फेसबुक पेज मार्फत स्थानीय युवाहरुले गरेका प्रश्न निम्न प्रकार छन् ।
श्री इन्द्रज्योति मावि शिवालय-६, थालारैकरको प्रअ निमबहादुर खत्रीलाई हाम्रो र स्थानीयको जनगुनासो सहितको प्रश्न?
निमबहादुर खत्री ज्यू,?
?️१.इन्द्रज्योति मावि करिब डेढ वर्ष हुँदासम्म पनि वि.व्य.स. विहीन छ। विव्यस गठन नगर्नको कारण के? हचुवातालमा आर्थिक हिनामिना गर्न पाइन्छ र आफ्नो मनोमानी हिसाबले विद्यालय चलाउन पाइन्छ भनेर हो?
?️२.विद्यालयमा नियमित शिक्षक हाजिर गराउन सकिंदैन। विव्यस समितिले केयर गर्छ। र विपक्षी पार्टीको अध्यक्ष आयो भने आफूले केहि पनि गर्न पाइदैन भनेर हो?
?️३. विद्यालयमा विभिन्न किसिमको आर्थिक हिनामिना भैरहन्छ। के बेलैमा भ्रष्टाचार गरेर आफ्नो चम्किलो घर बनाउनको लागि हो? पैंसा कमाउनको लागि ठेकेदार र ब्यापारी बने हुन्छ नि। शिक्षकले त पैंसा कमाउन पाइन्छ र? शिक्षकले त विद्यार्थीलाई शिक्षा दिई भोलिको लागि उज्ज्वल भविष्य निर्माण गरिदिने हो जस्तो लाग्छ हामीलाइ त?
?️४.विद्यालय विव्यस गठन भएपछी आफूले आफ्नै मनोमानी हिसाबले पैंसा कमाउन पाइदैन भनेर हो?
?️५.विद्यालयमा आएको राम्रो विद्यार्थी नानीहरुलाई देख्ने बित्तिकै बस्ने कोठा घर सोध्ने अनि डेरा कहाँ हो केही सहयोग चाहियो भनेर सोध्नको कारण के? तपाईं विद्यालयको प्रअ हो कि कुनै होटलको साहुजी हो?
?️६.विद्यालयमा गेट बन्द नगरी त्यहाँको ब्यापारीहरुलाई विद्यार्थीको धारा र शौचालय प्रयोग गर्न दिइएको छ के ब्यापारीहरुबाट कमिशन अर्थात भाडा उठाउनुभएको छ?
?️७.आफ्नो पक्षको शिक्षक नियुक्त गर्न पाएपछि मात्र ठिक र विपक्ष शिक्षक आएपछी हरेक सानोसानो कुरामा निगरानी गर्नको कारण के हो? तपाईं राजनीति गर्नुहुन्छ कि विद्यार्थीलाई शिक्षा दिनुहुन्छ ? के विद्यालय राजनीति गर्ने थलो हो?
?️८.गाउँपालिका अध्यक्षको बुढी(श्रीमती) अर्थात इन्द्रज्योति माविको स्थायी शिक्षिका शर्मिला रावल विभिन्न ठाउँमा भ्रमण गर्दै फेसबुकमा मात्र फोटो अपलोड गर्नुहुन्छ । तर निमबहादुर खत्री ज्यू, तपाईंको विद्यालयको शिक्षिका हो कि भ्रमण गर्ने टुरिष्ट हो बताइदिनुस् अभिभावकलाई।
?️९.तपाईंले तलमाथि गर्दा जहिलेपनि भट्ट टोकिरहनुहुन्छ तपाईंको नाम निमबहादुर खत्री हो कि भट्टेकिरा हो? कि केटी(छात्रा) विद्यार्थीहरुसँग बोल्ने बहानामा भट्ट मागी चपाउंदै देखाएर हिड्नुभएको हो? जानकारी गराइदिनुस्।
?️१०.कुनैपनि विद्यार्थी प्रमाणपत्रको बारेमा सहयोग माग्न आयो भने अग्रिम भोज माग्नुहुन्छ रे के तपाईं दलाल हो? तपाईं बाह्रै महिना भोज खानेमात्र काम गर्नुहुन्छ कि विद्यार्थीको उज्ज्वल भविष्यका लागि पनि सोच्नुहुन्छ/खट्नुहुन्छ?
?️११.विद्यार्थीबाट उठेको मासिक शुल्क (मन्थली फि) र +२ को विद्यार्थीहरुले तिरेको रकम करिब करिब १४ लाख वर्षमा आउँने गर्छ भने त्यो रकम कहाँ लगानी भएको छ?तपाईंले अभिभावक भेला गरि आयव्यय किन देखाउनुहुन्न?तपाईंले कति तलाको घर बनाउनुभयो? विद्यार्थीबाट आएको मासिक फि र + २ बाट आएको सम्पूर्ण रकम अहिले सम्मको कहाँ गयो देखाउन सक्नुहुन्छ ?
?️१२.तपाईं सीमाबाट इन्द्रज्योति मावि थालारैकरमा पढाउन आउनुभएको होकि पैंसा कमाउन आउनुभएको हो? पैंसा कमाउन आउनुभएको हो भने विद्यालय पैसा कमाउने ठाउँ होइन। पैंसा कमाउने भए युरोप अमेरिका जानुहोस् ! ठेकेदार बन्नुहोस् ! ब्यापार गर्नुहोस् । पैंसा टन्न कमाउन सकिन्छ। गरिब निमुखा बच्चा बच्चिको रगत र पसिनामा रजाइ गर्न पाइंदैन।
?️१३.तपाईंलाई गाउँपालिका अध्यक्ष वडाध्यक्ष राजनीति दलको अगुवाहरुले किन यस्तो भनेर कमेन्ट गर्दा मैले चुनाबमा सहयोग गरेको छु, मैले चुनाबमा साथ दिए खटिएँ भनेर प्रतिउत्तर दिनुहुन्छ रे के तपाईंको नेता कार्यकर्तालाई चुनाबी भाषणको शैलीहरु सुनाएर आफ्नो पैसा कमाउने र भ्रष्टाचार गर्ने बाटो बनाउनुभएको हो?तपाईंले जनतामाझ स्पष्ट पारिदिनुहोस्।
?️१४.इन्द्रज्योति माविमा कार्यरत शिक्षक भएपछी कति करोड बराबरको कमाउनुभयो? तपाईंले त साच्चिकै छोरा नानीको पालासम्म पुग्नेगरी सम्पत्ति कमाएजस्तो लाग्छ। के तपाईंले राम्रो काम गरे जस्तो लाग्छ?
?️१५.पैंसा कमाउन नसकिने जस्तो योजनालाई तपाईं फ्रीज पार्नुहुन्छ। पैंसा कमाउन पाइदैन खल्ती खाली नै हुनेभयो भनेर वास्ता नगर्नु भएको हो? कि म सीमाको हो मलाई के मतलब भनेर त्यस्तो गर्नुभएको हो?
?️१६.तपाईं गाउँपालिका अध्यक्षको घरमा बस्नुहुन्छ। त्यही भएर हो कि तपाईंलाई गाउँपालिकाबाट कुनैपनि गल्तिमा कारबाही गरिदैन । कि साझेदार छ आम्दानिमा? तपाईं विद्यालयको शिक्षक(प्रअ) हो कि गाउँपालिका अध्यक्षको घरको चौकीचौकिदार हो? तपाईं चौकीदार हो भने घरमै ड्युटी गरे हुन्न र विद्यालय किन आउनुहुन्छ?
?️१७.अबको आउने वर्षमा परेको ब्लकमा कति आम्दानी गर्न सक्छु भनेर हिसाब गर्दै हुनुहुन्छ होला है आम्दानी नहुने जस्तो भए त्यो पनि फ्रीज हुने त होला नि ?
?️१८.विद्यालय विव्यस गठन नगर्नुको कारण सोही स्कुलको शिक्षक घनश्यम शर्माको दरबन्दी रिक्त हुन तयार छ त्यसैले विपक्षको विव्यस आयो भने आफ्नो पार्टीको करार शिक्षक नियुक्त गर्न पाइदैन भनेर तपाईंको पार्टी र तपाईंको आसेपासेले त्यहाँसम्म विव्यस गठन नगर्ने भनेपछि तपाईंले वास्ता नगर्नु भएको हो? त्यसो भए अब त्यहाँ करार होइन स्थायी शिक्षक आउनुपर्ने हुन्छ । र बेलैमा विव्यस गठन हुनुपर्यो।
?️१९.विद्यालयको हाताभित्र भएको सोलारको पातालाई ढुङ्गा हानी फुटाइएको छ यसमा के पक्की ग्राउन्ड र पक्की पर्खाल भएर फुटाइएक हो?
?️२०. विद्यालय ले उपयोग गरेको जग्गामा स्थानीयले घरहरु बनाइरहेको छन् तर विद्यालयको नाममा आएको जग्गाको होजिखोजी नगर्नु को कारण के हो? कि शिक्षक चन्द्रबहादुर केसीको डरले गर्दा हो?
?️२१.शिवालयमा होटेल चलाएर बस्ने शेरबहादुर शाही इन्द्रज्योति माविको लेखापाल हो भन्ने सुनिन्छ। के लेखापालको काम होटेल चलाउने हो ? कस्ले दियो त्यस्तो अधिकार ? हेडमाष्टरले कि गाउँपालिका अध्यक्षले?
?️२२. लेखापालले होटल र ठेकेदार गर्न मिल्छ? कि तपाईंले आफूलाई सजिलो होस् भनेर स्कुलमा नबोलाउनु भएको हो?लेखापालको हस्ताक्षर चाहिंदैन? कारण दिनुहोस।
?️२३. तपाईंको नजिकको शिक्षक प्रेमबहादुर शाही तपाईं नहुँदा निमित्त चलाउने महान शिक्षक उहाँले आफ्नो निजी बोर्डिङ स्कुल जस्तो गर्नुहुन्छ रे के उहाँलाई तपाईंले आदेश दिएको हो? स्थानीयले स्कुलमा केही काम परि प्रअ खोज्दा म निमित्त होइन भनेर ढाटीरहनु हुन्छ रे के उहाँ बाहेक अरु निमित्त हुन सक्दैन?
?️२३.राती १०-१२ बजेसम्म स्कुल खुल्ला हुनुको कारण के हो? वाइफाइ चलाउन? आफ्नो निजी स्वार्थको लागि जतिबेला पनि स्कुल खोल्न पाइन्छ?त्यो विद्यालय हो कि होटेल वा साइबर ?
?️२४.विद्यालयको नाम भएको साइनबोर्ड नभएको स्कुल इन्द्रज्योति मावि मात्र हो कि अन्य विद्यालयहरुमा पनि यस्तै हो? कि त्यो गाइगोठ हो?
?️२५.साइनबोर्ड नभएको विद्यालयमा राष्ट्रिय झण्डा २-२ वटा टङ्गाइएको छ के झण्डा बढी (धेरै) भएर हो?
?️२६.विद्यालय हाताभित्र फोहोरैफोहोर कोठाभित्र बेन्चहरु छरपस्ट भाँचिएर लथालिङ्ग अव्यवस्थित छन् २-२ वटा सहायक कर्मचारी के को लागि? कि प्रअको लुगा धुनको लागि हो ?
?️२७.विद्यालय क्षेत्र भन्दा २०० मिटर टाढासम्म मदिरा र धूम्रपान गर्न पाइदैन भने विद्यालयको हातामै मदिरा बिक्री बितरण गरिन्छ त्यो आदेश तपाईंले दिनुभएको हो? कि कमिशन छ त्यसको पनि? विद्यालयमा शिक्षकले पढाएपनि हुने नपढाएपनि हुने रक्सी खाएर आएपनि हुने नखाएर आएपनि हुने तपाईं किन निगरानी गर्नुहुन्न? कि अरुलाई निगरानी गर्यो भने आफ्नो पोल खोलिन्छ भनेर नगर्नुभएको हो? कि आफूपनि पढाइदैन अरुलाई पनि के भनौं भनेर चुप लाग्नुभएको हो?आफूले गरेको भ्रष्टाचारको पर्दाफास खोलिन्छ भनेर अरु शिक्षकको पूजा गर्नुभएको हो?
?️२८.तपाईं राहत दरबन्दीमा नियुक्त भएको शिक्षक हो तर तपाईंले नेपालगन्ज, बर्दिया दुबै ठाउँमा जग्गा किनेर गतिलै घर बनाउनुभएको छ के त्यो आफ्नो तलबबाटै कमाउनुभएको हो? यति चाडै?
?️२९.दुई तिहाइको सरकार छ म कम्युनिस्ट धारको मान्छे हुँ मैले यो बेला जे गरेपनि हुन्छ भनेर गर्नुभएको हो?बके अर्को विव्यस र अर्को सरकार आयो भनेपनि तपाईंले त्यसलाई प्रष्ट नपारी छुटकारा मिल्ला?
?️३०.शिक्षा संयोजक इन्द्रबहादुर थापा तपाईंको स्कुल निरीक्षण गर्न नआउनुको कारण के हो? कि तपाईं दुबैको घर एकै ठाउँ भएकोले उतै घरमै आर्थिक हिसाब पुर्यानुहुन्छ?
?️३१.तपाईं लाई पैसा दिएपछी परिक्षा नै नदिइ पास हुन्छन रे बिद्यार्थी के साचो हो? होइन भने थाला कै विद्यार्थी ९ बाट see नदिएर किन ११ मा पढ्न पुगे? १० नपढे पनि हुन्छ? अब यो प्रमाणपत्र ले त्यो भाइको भबिस्यमा भोलि केही तलमाथि भयो भने यस्को भागेदार को हुन्छ?
?️३२. तपाईं प्र अ भएपछी धेरै विद्यार्थी हरुको मार्केसिट र सर्टिफिकेट मा ग्रेड फरक परेको छ । धेरै को जन्मदर्ता ८ क्लासमा एउटा See मा अर्को बनाइदिनुभएको छ त्यो विद्यार्थी जागीर खान जादा प्रमाणपत्रको कामले गर्दा घर फर्किनुपरेको छ यसको जिम्मेवार को? के अरुको भबिस्य खेलौना हो? त्यस्तो गर्न मिल्छ? मिल्दैन भने किन गर्नुभयो कारन दिनुहोस।
?️तपाईंको फोटो नराखेर स्कुलको केही झलकहरु यहाँ छन् तपाईंको स्कुल हो कि होइन कमेन्ट गर्नुहोला। धन्यवाद ।
नोट- यो तपाईंको विद्यार्थी अभिभावक र स्थानीयको जनगुनासो हो ! कृपया, तपाईंले यस्को उत्तर दिई असल शिक्षकको भूमिका निर्वाह गरिदिनुहोला अन्यथा उत्तर नआएमा हामी जनताको १०० प्रश्न ल्याएर फेरि उपस्थित हुनेछौं धन्यवाद ?








