जाजरकोटको थालारैकरमा बस पुग्यो


-D T Magar
जाजरकोट, १८ पुस : जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ५ र ६ थालारैकरमा बस पुगेपछि स्थानीय हर्षित भएका छन् ।
पहिलोपटक थालारैकरमा बस पुगेपछि हिडेर सुर्खेतको मटेला हुदैं कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयले बताएका छ्न ।
शिवालय वडा नम्बर




६ का वडा अध्यक्ष भक्त बहादुर थापाले भने, पहिला ४ घण्टासम्म पैदल हिडेर मटेलासम्म पुगिसकेपछि बस भेटाएर सुर्खेत जानुपर्ने बाध्यता थियो, त्यो समस्या अन्त्य भएको छ । वडा अध्यक्ष थापाले थालारैकर–सुर्खेत बस संचालनमा आएपछि गाउँमा उत्पादन भएका बस्तु बजारसम्म लैजान पनि सहज भएको बताए ।
यस्तै शिवालय गाउँपालिका ५ थालारैकर स्थायी बसोबास गर्ने नेपाली कांग्रेसका युवा नेता पारस विक्रम केसीले यातायातका साधनको पहुँच गाउँमा पुगेसंगै स्थानइिलाई सहज भएको बताए ।

बर्षातको समयमा पनि बस चल्नेगरी सडक स्तरोन्नती र ग्राभेल गर्नुपर्ने स्थानीयले बताएका छन । काउँलाको कुल्मदा खोलादेखी रानीपानी सम्मको सडक साँघुरो भएका कारण दुर्घटनाको जोखम हुने भन्दै बेलैमा स्तरोन्नती गर्नुपर्ने स्थानीय डिलबहादुर खत्रीको भनाई छ । बस शनिवार नम्बर ६ को सुँगुरखालसम्म पनि पुर्यएको भक्तबहादुर थापाले बताए ।








