मप विश्वविद्यालयका उपकुलपति सिंहको विद्यार्थीहले पुत्ला जलाए

दिपेन्द्र थापा मगर
सुर्खेत २७ पुस । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका छन् ।
उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहान विश्वविद्यालय परिसरमा उपकुलपति सिंहको पुत्ला जलाएका हुन् ।
आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरिहेको थियो ।
विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धन विनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।




उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको विद्यार्थीहरुले बताएका छन् । त्यसमा केही विद्यार्थी घाइते भएका छन् ।
केही महिना अघि मात्रै ज्ञापनपत्र बुझाउन उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाही माथि उपकुलपतिको संलग्नतामा उनकै कार्यकक्षमै कुटपिट भएको थियो ।








