दिपेन्द्र थापा मगर
सुर्खेत १ माघ: आज माघ १ अर्थात माघे सक्रान्ती । आजको यो दिन खास गरेर नेपालमा मगर समुदाय र थारु समुदायको लागि भने छुट्टै दशै नै आएको छ। यो दिनमा विभिन्न किसिमको तरुल, फर्सी, सखरखण्ड,चाकु, सेलरोटी , आदि प्रकारको खानाहरु बनाइ माघी मनाउने गरिन्छ। यो पर्बमा नेपालभरी मगर समुदाय हरुले ४-५ दिन अघिबाट नै विभिन्न किसिमको मगर सास्कृतिक झल्किने गरि माघि मेला लगाउने गर्दै आइरहेको छन। तर यो बर्ष भनेे महाभाइस (कोरोना) ले गर्दा विभिन्न किसिमको मेला पर्बहरु ठप्प भएको कारण यो समुदायले पनि माघिमेेेला लगाउन सकेको छैैन। तर देशबिदेेेस मा रहनुहुने तनाम मगर समुदायको मनलाइ अलिकति पनि खिन्न नहोस भन्नको लागि “मगर संसार (Magar Sansar) Photo Gallery” नामक ग्रुुप बाट अनलाइन ग्रुुुपिङ मगर सस्कृती झल्किने गरि ( कौराहा, सालैजो, हुररा,सोरठि,पैसरु, ठाडोभाका)जस्त्ता गित हरु गाएर मौलिक बाजा सहित नृत्य प्रतियोगिता गरेको थियो।




कार्यक्रममा सान्त्वना पुरस्कार ७ समुहलाइ दिइएको थियो। जुन समुहहरु निम्नानुसार छन- १)सालिभेना समूह – गैंडाकोट , नवलपुर ) २)लाङघाली समूह सुरुङ ७ बिरुवा स्याङ्जा ३) लाङघाली सास्कृतिक समूह पाल्पा ४) पाण्डवखानी गल्कोट १० बाग्लुङ ५) लाकुरी मगर समूह बूटवल १० रामनगर ६)बौद्ध समूह लेटाङ ८ , मोरङ ७)अठार मगरात कलाकार संघ केन्द्रिय समिती KTM रहेकाछन। उक्त समुहलाइ पुरस्कार प्रायोजन विभिन्न देश बिदेशमा रहनुहुने मगर हरुको सहयोग मा मगर संसार ( Magar Sansar) Photo Gallery ले गरेका थिय। हाल मगर संसार ( Magar Sansar) Photo Gallery नामक ग्रुपबाट देस बिदेश मा रहनुहुने मगर हरुको सहयोग बापत विभिन्न रोग, गरिबी, जस्ता समस्याबाट पिडल्सिएका हरुलाइ र प्रतिभावान ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप रकम सहयोग गर्दै आइरहेको छ। जय मगर ? जय मगरात?शुुुभकामना माघेसक्रान्तति को❤️
