मृत भेटिए अनुसन्धान जवान

बाँके २ माघ : राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन् । सहायक सूचक प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको बताएका छन् । उनले मृतक मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् ।

शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । डिएसपी खड्काले भने, घटनाबारे अनुसन्धान सुरु भईरहेको छ । खेतमा शव रहेको जानकारी प्रहरीले आज शुक्रबार विहान मात्रै पाएको बताएको छ ।

सम्बन्धित खवर

Back to top button