रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

  • दिपेन्द्र थापा मगर
    जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा रातदिन नभनी काम गरेको बताएका छन् । उनले भने,‘हामी जनताका जनप्रतिनिधी हौं, काम गर्ने हो । काम गरिरहेका छौं । भौगोलिक विकटताका कारणले विकास निमार्णमा केही ढिला शुस्ती भएको छ । तर निवार्चित भइसकेपछि गाउँगाउमा सडकको पँहुच पुगेको छ ।
    शैक्षिक गुणस्तर खानेपानी स्वास्थ्य चौकीहरु निमार्णमा जोड दिएका छौं । गाउँपालिकाको समग्र विकासमा हामी जनप्रतिनिधि सहित आम नागरिकहरु पनि लागि पर्नु भएको छ । गाउँपालिका समग्र संचार क्षेत्रबाट वञ्चीत छ, कुनै कुनै वडामा नेटवर्कले काम गरे पनि गाउँपालिकाको कार्यालय भएको ठाउँमानै टावर नभएकोले जनताले शास्ती भोग्नु परेको वडाध्यक्ष खड्काको भनाई छ ।
    जनताको  धेरै जनगुनासो टिका टिप्पनीबाट र हजारौं जनताको माग अनुसार अव टावर बन्ने भएको छ ।
    स्थानीय सरकारले पटक पटक कर्णाली प्रदेश सरकारसँग संचार क्षेत्रका लागि रकम माग्दा सरकारबाट सुनुवाईनै नभई संघीय सरकारलाई भन्ने प्रचलनले गर्दा अहीले सम्म जनतालाई समस्या भयो ।
    अव शिवालय गाउँपालिका वडा नं ४ मा नेपाल टेलिकमको टावरको राख्ने काम भईरहेको छ ।
    जनताले संचार क्षेत्रको पँहुचबाट अव वञ्चित नरहने वडाध्यक्ष खड्काले बताए ।
    पर्यटकीय रुपमा सम्भावना बोकेको यो गाउँपालिकामा भ्युटावर धार्मिक स्थल शिवालय मन्दिर, बनाउने तयारी भइरहेको छ ।
    गाउँपालिका समृद्ध र सुशी बनाउनका लागि हामी जनप्रतिनिधि सहित आम शिवालय वासी एक जुट भई लाग्न अपिल गरे ।

सम्बन्धित खवर

Back to top button