आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

दिपेन्द्र थापा मगर
जाजरकोट ४ माघ: जाजरकोट जिल्ला शिवालय गाउपालिकाको शिक्षा क्षेत्रमा केही समय अगाडिदेखि विभिन्न सामाजिक सञ्जाल मार्फत भ्रष्टाचार ,बेथिति,अनियमितता भएको र शैक्षिक गुणस्तर मा कमि आएको भन्दै टिकाटिप्पणी र प्रश्नहरु खडा भैरहेका छन।आज यसै बिषयमा आधारित रहि DM Online TV ले शिवालय गाउपालिकाका शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख श्री मानबहादुर बस्नेत सङ्ग केही समसामयिक कुराहरु गरेको छ।
उक्त कुराकानीको समयमा शिवालयको हरेक शैक्षिक गतिविधिहरुको बारेमा कुराहरु गरिएको थियो । सोही कुराकानीमा शिक्षाधिकृत बस्नेतले भनेकाछन- म शिवालयको शैक्षिक सुधारगर्छु भनेर आफ्नो मातृभुमी आएकोहु र मलाई कामगर्न कोभिडले केही समस्या बनाएको छ। कोभिड पश्चात् भने म पालिकाभित्रको हरेक विद्यालय हरु निरीक्षन गर्ने क्रममा हिडिरहेकोछु। म आधादिन आफ्नो शाखामा रहेर काम गरेको छु भने आधादिन फिल्डमा गएर काम गरेकोछु। म शिक्षाक्षेत्र सुधारको लागि रातदिन लागिपरेकोछु र यक्लै सुधार्न संभावना छैन भन्दै शैक्षिक क्षेत्र सुधारको लागि स्थानीय सरकार र शिक्षा क्षेत्रसङ्ग सम्बन्धित सरोकारवाला हरुसङ्गपनि हातेमालोको अपिल गरेकाछन।
उनले भनेकाछन अब पालिकाभित्रको ४४ वटै विद्यालय हरुमा खेलकुद शिक्षक नियुक्तगर्ने तयारीमाछौ । जस्को लागि पालिकाबाट बार्षिक साढे २ लाख बजेट पास गराइसकेकाछौ। शिक्षाक्षेत्र शुधारको लागि मैले आफ्नो तर्फबाट दिनरात नभनी लागि परिरहेकोछु। पालिकाभित्रको विद्यालयहरुको धेरैकमिकमजोरीछ मलाई दुख लागिरहेको छ। मैले शिक्षक भेला कार्यक्रममा एउटा प्रश्न सोधेको थिय कुनै सर म्याडमले त्यो उत्तर दिनसक्नुभएन । शिक्षा सुधारको लागि हरेक महिना प्र अ मिटिङ राखिरहेको छु।
कुनैपनि विद्यालय को बारेमा नराम्रो खबर हाम्रो कार्यालयमा सुचना आएको खण्डमा म शिक्षा ऎन मा रहि कार्बाही गर्न तयार छु। मैले बेलाबेलामा विद्यालयहरुलाइ परिपत्र गरिरहेकोपनि छु। पालिकामा ४-५ वटा विद्यालयहरु बिधालय ब्यबस्थापन समिति बिहिन छन त्यसको अब छिट्टै गठन गर्ने प्रक्रिया गर्नेछु।बाकी भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस अथवा युट्युबमा गएर DM Online TV सब्सक्राइब गर्नुहोस धन्यवाद । https://youtu.be/cQZhT5crs2Y

सम्बन्धित खवर

Back to top button