संविधानसम्मत काम गरेको छु- प्रधानमन्त्री

काठमाडाैं ४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन्।

उनले आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बाेधन गर्ने क्रममा आफूले संविधानसम्मत तथा कानुनसम्मत काम गरेको उनले बताएका छन् । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको दाबा थियो।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताए। निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनविपरीत लागेको उनको भनाइ थियो।

उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको पनि बताए। विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उनको भनाइ छ।

सम्बन्धित खवर

Back to top button