“कसैले पनि राजनीतिलाई गरि खाने भाडाेकाे रुपमा लिन नहुने”- सचिव राेकाय


काठमाडाैं ४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकाेट-काठमाडाैं सम्पर्क मञ्चकाे नयाँ कमिटी गठन भएकाे छ । शनिबार काठमाडाैं प्रदर्शनी मार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसकाे सभाहलमा ८५ जना सदस्य नयाँ कमिटी गठन भएकाे हाे ।
एक सय ५० जनाकाे उपस्थितिमा उक्त कमिटी गठन भएकाे नेकपाका केन्द्रिय सदस्य जेबी शाहीले बताएका छन् । उनले अध्यक्षमा अर्जुन बुढा मगर, उपाध्यक्षमा हरि मिलन शाही, सचिवमा लाल बहादुर राेकाय, सह-सचिवमा अर्जुन शाही र काेषाध्यक्ष सनम सिंह ठकुरी लगायत ८५ सदस्यीय नयाँ कमिटी गठन भएकाे जानकारी दिए ।

नव गठित कमिटीका सचिव लाल बहादुर राेकायले जाजरकाेटदेखि काठमाडाैंमा विभिन्न उद्देश्यले आएका जनतालाई सकेसम्म अधिकतम सेवासुविधा र सहयाेग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, “जनहितमा केन्द्रित भई हाम्राे सिंगाे पार्टी कटीवद्ध रुपमा लागि परेकाे छ त्यसकै पेरिफेरिमा रहेर हामी पनि काम गर्नेछाैं ।”



उनले आफ्नाे पार्टीकाे निर्देशन बमाेजिम जिम्मेवारी पूरा गर्ने बताएका छन् । सचिव राेकायले भने, “विकट जिल्ला जाजरकाेटबाट काठमाडौंमा आएर विभिन्न पेशा बेवसायमा आवद्ध भएका हामी नेकपा कार्यकर्ता श्रदय अध्यक्ष क. केपि शर्मा ओली पक्षमा रहेकाे छाैं, हामी उहाँकै निर्देशन बमाेजिम आफ्नाे कार्य जिम्मेवारी बहन गर्नेछाैं ।”

याे कमिटिले नेकपाकाे हितमा काम गर्ने तथा आवश्यक परेकाे खण्डमा पार्टी भन्दा राष्ट्र र राष्टि्यताकाे पक्षमा एक कदम अघि बढेर काम गर्ने नेता राेकायले सत्कार पाेष्ट सँग प्रतिबद्वता व्यक्त गरेका छन् ।
नेता राेकायले जाजरकाेटी जनतालाई काठमाडौंमा आफ्नाे काेही छैन भनेर डराउन नपर्ने आफनाे टाेल, छिमेक गाउँवस्ति सम्झेर आउन अनि सम्पर्क गर्न अनुराेध गरेका छन् । कसैले पनि राजनीतिलाई गरि खाने भाडाेकाे रुपमा लिन नहुने उनकाे तर्क रहेकाे छ ।
नेता राेकायले पद र आफ्नाे प्रतिष्ठाकाे लागि नभइ राष्टनिर्माणकाे पक्षमा एक मत भएर, एक जुट भएर, हातमा हात मिलाएर, एकातावद्ध भएर अगाडी बढ्न प्रचण्ड र मादव प्यानललाई समेत आह्वान गरेका छन् ।
‘हामी यता छाैँ?’ आजका दिनमा याे शब्दले तपाईं त्यहाँ माइतिघर मण्डेलाकाे पिच् राेडमा पुषकाे लगलग कमाउने जाडाेमा सुटबुट टाइ पहिरिएर बसेकाे त देखियाे तर भाेलि यहाँ नाई, त्यहाँ नाई, यता नाई, उता नाई, कतै नाई एक्लै हामी हुँदा हामी यता भन्या सुवाउला त? बेलैमा सजग हुन पनि नेता राेकायले आग्रह गरेका छन् ।








