भेरी मालिकाको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न


कोहलपुर,८, बाँके:-सिटिइभिटीबाट सम्बन्धन प्राप्त भेरी मालिका मल्टी टेक्निकल कलेज प्रालि कोहलपुरले उधम विकास सहज कर्ता अध्ययनरत विद्यार्थीहरुको लागि १० दिने लेभल १ सरहको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
समापनकार्यक्रममा सहभागी बिध्यार्थीहरुले बोल्दै तालिमले नयाँ हौसला र प्रेरणा प्रदान गरेको धारणा राखेका थिए। कलेजका प्रबन्ध निर्देशक दिनेश राज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका की मेयर सन्जु कुमारी चौधरी,विषेश अथिति १० दिने तालिमका मुख्य प्रशिक्षक निर्मल सिग्देल,अथितिका रुपमा कलेज सञ्चालकहरु कृष्णप्रसाद रिजाल, ललित पहाडी लगायतले विध्यार्थी हरुको उज्जवल भविष्यको कामना गर्दै सुभकामना प्रकट गरेका थिए ।



मुख्य प्रशिक्षक निर्मल सिग्देललाइ कलेजकी पुर्व छात्रा चादनि उपाध्यायले साहेक प्रशिक्षकको रुपमा सघाएकी थिएन । समापन कार्यक्रमको संचालन छात्र अम्मर कटुवालले गरेका थिए । उधम शितलता अध्ययनरत विद्यार्थीहरुको लागि भेरी मालिका मल्टी टेक्निकल कलेज उत्कृष्ट रहदै आएको छ । कलेजले यसै शैक्षिक शत्र देखि IT CSAD को कोर्ष पनि सञ्चालन अनुमति पाएको छ ।








