नेपाल मगर संघ जाजरकोटले ५ औं अधिबेशनबाट पायो नयाँ नेतृत्व_ अध्यक्षमा धिरेन्द्र पुन

दिपेन्द्र थापा मगर
जाजरकोट ११ माघ: नेपाल मगर संघ जिल्ला कार्यसमिति जाजरकोटको ५औं जिल्ला अधिबेशन उद्घाटन समारोह भै बन्दसत्रबाट नया नेतृत्व चयन भएकोछ। उक्त अधिबेशन को सभापतित्व गर्नुभएको थियो पुर्व उपाध्यक्ष एबम ५औं जिल्ला अधिबेशन सञ्चालन समितिका संयोजक श्री ऎनबहादुर पुन मगर ले।
सपथ ग्रहण कार्यक्रम
सपथ ग्रहण कार्यक्रम

कार्यक्रममा प्रमुख अथिती रहनुभएको थियो नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष तेजबहादुर तारामी मगर विशेष अथितीमा केन्द्रिय सदस्य खगेन्द्र पुन मगर क्रमश: अथितिहरु- कुलबहादुर सारु मगर केन्द्रिय सल्लाहकार , आशुराम सोमै मगर कर्णाली प्रदेश अध्यक्ष , ढकबिर राना मगर नेपाल कम्युनिस्ट पार्टी जिल्ला अध्यक्ष, चन्द्र प्रकाश घर्ती मगर भेरीनगरपालिका प्रमुख , भुमिलाल रोकाय मगर नेपाली काङ्ग्रेस जाजरकोट पार्टी सचिब, भक्तबहादुर थापा मगर नेपाल मगर संघ कर्णाली प्रदेश संगठन सचीव, बिष्णु घर्ती मगर नेपाल मगर संघ कर्णाली प्रदेश संगठन  सदस्य , टोपबहादुर थापा मगर नेपाल मगर संघ जाजरकोट पुर्ब अध्यक्ष , हिरालाल पुन वडाध्यक्ष नलगाढ न.पा.१, चन्द्रबहादुर बुढा भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, दिपबहादुर घर्ती मगर कोषाध्यक्ष नेपाल पत्रकार महासंघ जाजरकोट, गोबिन्द बुढा मगर उपाध्यक्ष नेपाल आदिवासी जनजाति कर्णाली लगायतका थुप्रै अथितिहरु रहनुभएको थियो।

कार्यक्रममा जिल्लाभरको मगरहरुको सहभागिता रहेको थियो भने २०७७ माघ १० गते बिप्लब समुहको नेपाल बन्दको कारणले सोचेजती उपस्तिथि भने भएको थियन। उक्त अधिबेशनले नयाँ पदाधिकारी चयन गर्ने क्रममा पदाधिकारीमा थुप्रैको दाबी रहेपनी अन्तिममा भने सर्बसहमतमा टुंगो लागेकोछ। चयन भएका नयाँ पदाधिकारीहरुले अब ३ बर्षको कार्यकाल को लागि सपथ ग्रहण गरिसकेका छन। उक्त अधिबेशनमा जाजरकोट जिल्लाको शिवालय गाउपालिकाको कलाकार टिमबाट मगर मारुनी नृत्य , ठाडोभाका, जस्ता थुप्रै प्रस्तुतिहरुले कार्यक्रमलाई मनोरञ्जन दिइरहेको थियो।नयाँ चयन भएको नेपाल मगर संघ जाजरकोट को कार्यसमिति  निम्नानुसार छन।
नेपाल मगर संघ जिल्ला कार्यसमिति जाजरकोटको नया विवरण ?️
१) धिरेन्द्र पुन मगर – अध्यक्ष
२) दिपेन्द्र थापा मगर – उपाध्यक्ष
३) रिता पुन मगर- महिला उपाध्यक्ष
४) कृष्ण ब थापा मगर – सचीव
५) नरेन्द्रराज घर्ती मगर  – सह- सचिव
६)प्रबिना थापा मगर – कोषाध्यक्ष
७) धनसरा पुन मगर – सह- कोषाध्यक्ष
८)भबिलाल पुन मगर – सदस्य
९) तेज ब बुढा मगर – सदस्य
१०) लक्ष्मण पुन मगर  – सदस्य
११) धनरुपी थापा मगर- सदस्य
१२) अमृत घर्ती मगर  – सदस्य
१३)तारा घर्ती मगर -सदस्य
१४) हर्क ब पुन मगर – सदस्य
१५)प्रेम ब थापा मगर – सदस्य
१६)पदमे राना मगर – सदस्य
१७)बिरबल पुन मगर – सदस्य
१८)गणेश थापा मगर – सदस्य
१९) शान्ती पुन मगर – सदस्य
२०) भगवान घर्ती मगर -सदस्य
२१)खम्ब प्रसाद घर्ती मगर  -सदस्य
२२)प्रमिता बुढा मगर – सदस्य
२३)डिल ब पुन मगर – सदस्य

सम्बन्धित खवर

Back to top button