विव्यस गठनमा ईन्द्रज्योती मा.बि शिवालयमा राजनीतिक चलखेल बढ्यो


जाजरकोट १४ माघ । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने श्री इन्द्रज्योती माध्यामिक विधालयमा विद्यालय ब्यबस्थापन समिती गठन गर्ने क्रममा राजनीतिक चलखेल भैरहेको छ ।
माघ १२ गते गरिएको अभिभावक भेलामा विद्यालयका प्रध्यानध्यापक निम बहादुर खत्रीले अध्यक्षको उम्मेदवारको लागि केही आचारसंहिता बनाउनु भएको छ ।
विद्यालयको शिक्षामा परिवर्तन गर्छु भनी लागिरहेको स्थानीय युवाहरुलाइ दर्खास्त दिन नमिल्ने गरि प्रतिपक्षहरुका छोराछोरीको मनमानी ढङगबाट नाम काटछाट गरिएको पाईएको छ ।
तर नेपालगन्जमा बोर्डिङ स्कुलमा पढिरहेको स्थानीय बिनोद शाहिको छोरा भने उक्त विद्यालयले नाम कटौती गरिएको छैन । जस्ले गर्दा यहाँ चलखेल कस्लाइ अध्यक्ष बनाउने भन्ने बारेमा प्रष्ट नभैसकेको स्थानीय अभिभावकहरुले बताउँछन् ।

जसले विद्यालय भित्रको राजनीति, निरङ्कुस शासन, भ्रष्टाचार ,अनियमितता,बेथितिलाइ बाहिर ल्याउनको लागि विभिन्न सामाजिक सञ्जाल र रेडियोहरुमा समाचार बनाउन लगायो त्यस्तो सचेत युवाहरुलाइ उक्त विद्यालयको प्रध्यानध्यापक खत्रीले गलत भन्दै अभिभावक भेलामा गालिगलौज गरेका छन ।
सरकारी विद्यालयलाई निजि बोर्डिङ्ग स्कुलजस्तै कम्युनिस्टकरणी बनाउन खत्रीले लकडाउन पछि नाम लेखाउन पुगेका नेपाली कांग्रेसका अभिभावक हरुको छोराछोरीको नाम समेत कटौती गरेका छन।
विद्यालयमा बिगत ३ बर्षदेखी नाम लेखाउदै आइरहेको कांग्रेसी अभिभावकको छोराछोरीको भने यो विद्यालय ब्यबस्थापन समितिमा भाग लिन नपाउने गरि नाम कटाएका हुन् ।
उनले भने, २ पटक परिक्षा नदिने विधार्थिको नाम कटाएकोछु । त्यसोत त त्यहि समुह भित्र पर्छन बिनोद शाहिको छोरा तर उनको भने नाम कटाउन मन्जुर भएनका छैनन् प्रध्यानध्यापक खत्री ।
खत्री प्रध्यानध्यापक भएको ७ बर्ष पुग्दापनी अहिलेसम्म कुनैपनि अभिभावक भेलागरी सार्बजनिक सुनुवाइ नगरेको र अहिले स्थानीय युवाहरुले लिखित तथा मौखिक बिज्ञप्ति दिदासम्म वास्ता नगरेको खत्री पछिल्लो समयमा रेडियोबाट समाचार प्रसारण भएपछी भने बाध्य हुँदै सार्बजनिक सुनुवाइ त गरेका छन ।
तर त्यो हिसाबकिताब भने कुनै पनि सत्य नभएको स्थानीय अभिभावकहरुले बताउछन । खत्रीलाई सार्बजनिक सुनुवाइमा सामाजिक सञ्जाल र स्थानीय युवाहरुहरुले यो काम राम्रो नभएको भन्दै नराम्रो सङ्ग गाली गरिरहेका छन ।




यहि निरङ्कुस शासन सङ्गै विद्यालय ब्यबस्थापन समिती गठन भए पश्चात स्थानीय अभिभावक हरुले जिल्ला शिक्षा कार्यालयमा मुद्दा दर्ता गर्ने माग गरेको छन् ।
यस्तै शिवालय गाउँपालिका शिक्षा शाखा अधिकृत मान बहादुर बस्नेतका अनुसार शिक्षा एैन नियमावली धारा २२ को हकमा रहेर काम गर्नु पर्ने छ ।
आम स्थानीयबासी अभिभावको सहमति अनुसार विद्यालय व्यवस्थाप समीति गठन भए ठिक हो । तर स्थानीय वासीका छोराछोरीहरुको नाम कटौती गर्ने यदी आफुखुसी ढङग विद्यालय व्यवस्थापन समिति गठन भएको पाईएमा शिक्षा कार्यालयले कार्वाही गर्ने अधिकृत बस्नेतले चेतावनी दिएका छन् ।








