चिङ्गाड गाउपालिका अध्यक्षको छोरी हृदयघातको कारण कोहलपुर मा मृत्यु 

दिपेन्द्र थापा मगर
सुर्खेत १८ माघ : चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्दको एकमात्र छोरी बर्ष ३५ को हिरा सिंह स्थायी घर सिम्तागाउँपालिका घोरेटा भएको र हाल कोहलपुर मा कोठा लिइ बसिरहेको थिइन।
उनै हिरा सिंह यहि मिति २०७७ माघ १६ गते दिउसोको ३ बजेतिर साइकलको यात्रा गर्दै गर्दा अचानक बेहोस भै कोहलपुर मा ढलेकी थिइन। त्यसपछी कोहलपुर दसबिगाहा अस्पतालमा उपचारको क्रममा दिउसोको ३:५०मा अस्पतालमै मृत्यु भएको छ।
मृतक हिरा सिंह पहिलेदेखिनै थाइराइड र प्रेसरको बिरामी थिइन। उनको एक छोरा र एक छोरी समेत रहेकाछन। भने उनको श्रीमान कोहलपुरमै शिक्षक पेसा गर्दै आइरहेको छन।

सम्बन्धित खवर

Back to top button