शिवालयको सरस्वती माविमा दादागिरी, वडाअध्यक्षले कार्वाही गर्न खोज्दा उल्टै कुटपिटको धम्कि


दिपेन्द्र थापा मगर
जाजरकोट १८ माघ: जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्वर ४ मा रहेको श्री सरस्वती माध्यामिक बिधालय व्यवस्थापन समितीका अध्यक्ष खड्क बहादुर बुढा र प्रध्यानध्यापक जानकी कुमारी बुढाले दादागिरी ढङगबाट विद्यालय चलाउदै आएका छन् । विव्यस अध्यक्ष वुढा भएपनि राम बहादुर रावतले जे भन्यो त्यहि मानेर स्कुल चलाएको एक स्थानीय ले बताए ।
आफ्नै शासन गरेर काम गरेको हुनाले अहिले सम्म कुनै पनि अभिभावक भेला गरेर बिद्यालयमा सार्वजनिक सुनाई समेत नगरेको अभिभावकले गुनासो गर्दै आईरहेका छन् ।
बिद्यालयमा अभिभावक भेला गरेर सार्वजनिक सुनाई गर्नु पर्यो भनी नागरिकहरुले माग राख्दा समेत नगरेको पाईएको छ ।
प्रध्यानध्यापक खत्रीले बिद्यालयमा हाम्रो मात्र शासन चल्छ, भनी राजनीतिक गर्ने थलो समेत बनाएकिछन् ।
शिवालय गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष तेज बहादुर बुढाले धेरै पटक पटक बिद्यालयमा भएको कम्जोरिलाई सुधार गर्न अनुरोध गर्दा उल्टै वडाअध्यक्ष लाई कुटपिट गर्ने धम्कि दिइएको छ ।
यस्तै उक्त विद्यालयको प्राधानध्यापक खत्री सँगको टेलिफोन गरेर बुझ्दा यी सबै कुराहरु गलत भएको आफुलाई प्राधानध्यापक नबनाउने रणनीति गरिएको हो । तर नियममा आफुनै प्रधानध्यापक योग्य भएकोले हटाउन नमिलेको हुदाँ आफुनै प्रअ रहेको त्यही रिस मानी आफुलाई गलत संज्ञा दिएको उनी बताउँछिन् ।
विद्यालयमा अभिभावक भेला प्रत्यक वर्ष गराईरहेको तर यो वर्ष कोरोना महामारीको कारण अहिले सम्म भएको छैना । तर अव गर्ने तयारीमा छौं ।











