कलाकार तिलक गन्धर्वले”रामसरा सहयोग सांस्कृतिक कार्यक्रम” गर्दै

दिपेन्द्र थापा मगर
सुर्खेत २१ माघ: सुर्खेतका पुरानो लोकप्रिय गाएक तथा सर्जक तिलक गन्धर्वले आफ्नो लय/ शब्दमा ६० वटा भन्दा बढी एल्बम हरु बजारमा सार्बजनिक गरेका छन। उनले बनाएको धेरै  गितहरुले बजारलाई तताएकापनी छन।उनले विभिन्न किसिमका गितहरु जस्तै लोकदोहोरी, झ्याउरे, आधुनिक, टप्पा, देउडा , चलचित्र सबै गितहरुको सिर्जना गर्ने गरेका छन।तर उनि अहिलेसम्म अरु कलाकार जस्तै मिडियामा बाहिरिन भने सकेनन।
कलाकारिता क्षेत्रमा काम गरेको २५ बर्ष भएको उनी बताउछन।अहिले पछिल्लो समयमा उनलाइ पारिवारिक समस्याले सताइरहेको छ। उनको श्रीमती रामसरा गन्धर्व पाठेघरको क्यान्सरबाट पिडित भइ निरन्तर उपचार गर्दै आइरहेको छन।
घरको स्थिति अलि नाजुक हुँदै गएपछि उनलाइ सुर्खेतका राष्ट्रिय कलाकार हरु टीका पुन, अर्जुन सुनाम, शिव संगित र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सुर्खेत का स्थानीय कलाकारहरुले यहि मिति २०७७ माघ २४ गते शनिबार होराइजन एकेडेमी बोर्डिङ स्कुल विरेन्द्रनगर ३ सुर्खेत मा ” रामसरा सहयोग सांस्कृतिक कार्यक्रम” राखिरहेका छन।उक्त कार्यक्रममा गाएक तथा सर्जक तिलक गन्धर्व, टीका पुन, अर्जुन सुनाम, शिव संगित साथै स्थानीय कलाकार हरुले प्रस्तुति दिनेछन।
कार्यक्रमलाई टिकट सिस्टममा हेर्न जाने गराइएको छ। उक्त टिकटबाट संकलन भएको रकम क्यान्सर पिडित ” रामसरा गन्धर्व ” लाई उपचारको लागि सहयोग हस्तान्तरण गर्ने

सम्बन्धित खवर

Back to top button