दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

दिपेन्द्र थापा मगर
सुर्खेत २३ माघ: लोकदोहोरी गितसङ्गित क्षेत्रमा आफ्नै लयशब्दमा करिब आधा दर्जन गितहरुमा आफ्नै आवाज दिदै आएका एक त्यस्तो प्रतिभावान ब्यक्ती जो प्रतिभा भएर पनि सामाजिक सञ्जाल र ३ करोड नेपालीको नजरमा पर्न नसक्नुभएको दैलेख गुंरास गाउँपालिका वडा नं ७ ओख्रेनिमा जन्मनुभएको गाएक तथा सर्जक बल बहादुर रामजालि मगर हाल बिरेन्द्रनगर सुर्खेत को वडा नं १० मा आफ्नो परिवार संङ्गै बस्दै आउनुभएको छ।
उहाँसङ्ग DM ONLINE TV ले गरेको केही कुराकानीमा उहाले लोकगित सङ्गितको बारेमा बयान गर्नुभएको छ। उहाँ गाउने मात्रनभइ मादल , बाँसुरि, हार्मोनियम, सारङ्गी पनि बजाउनुहुन्छ र सारङ्गी त बनाउनुपनी हुदोरहेछ । उहाँले गितसङ्गित मा क्यासेट को बेलादेखी काम गर्नुभएको थियो र उहाँ भन्नुहुन्छ क्यासेटको बेला मेरो गितसङ्गित धेरै चलेको थियो त्योबेला राम्रै आम्दानी पनि भएको थियो तर अहिले गित सङ्गीत चल्न धेरै आम्दानी र मिडिया सङ्ग आबद्ध हुनुपर्छ त्यसैले हामि कलागला हुने हरुलाइ गाह्रो छ । अब गितसङ्गितलाइ चटक्कै पनि छोड्न सकिँदन त्यसैले २०७६ सालतिर एउटा गित बजारमा ल्याउनुपर्ला भन्दै उहाले अब छिट्टै एउटा गित बजारमा ल्याउने कुरा पनि अबगत गराउनुभएको छ। भिडियो हेर्नको लागि तल भएको लिङ्क लाई केही समय क्लिक गरिराख्नुहोला है। https://youtu.be/L5VFNcldi-Q

सम्बन्धित खवर

Back to top button