अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

दिपेन्द्र थापा मगर
जाजरकोट २६ माघ : जाजरकोट शिवालय गाउँपालिकामा आज अखिल नेपाल महिला संघ द्वारा असंबैधानिक कदमका विरुद्ध भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ।
उक्त कार्यक्रमलाई जिल्ला स्तरीय संघर्ष समितिको सदस्य एबम अनेम संघ जाजरकोट  जिल्ला सदस्य  चन्द्रकला अधिकारिले अध्यक्षता गर्नुभएको छ।
कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाह विशेष  अतिथि जुनिचादे गाउँपालिकाको का. बा. अध्यक्ष शिबा आचार्य रहनुभएकोछ।
अतिथिहरुमा शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही, रंगनाथ योगि, पुर्ण समिर महतरा पुर्ब गाबिस अध्यक्ष जुङ्गाथापाचौर भिम बहादुर नेपाली रहनुभएको छ।उक्त कार्यक्रममा शिवालय गाउँपालिकाको सबै वडाहरुबाट करिब २०० जना महिला हरुको सहभागिता रहेको थियो।
जसबाट चन्द्रकला अधिकारिको संयोजकत्वमा पालिका स्तरीय १३ सदस्यीय संघर्ष समिति गठन भएकोछ।
सदस्यहरुमा क्रमश : बालकुमारी बस्नेत, हिमसरा कठायत, लक्ष्मी के सि, भगवती शाही घर्ति, सीता पुन, दुर्गा सिंह, पुस्पा शाहि, डिलसरा खत्री, झुपी रावत, भगवती बुढा, दिपा बुढा रहेका छन।

सम्बन्धित खवर

Back to top button